कृष्णहरि पुष्करलाई सचिवमा बढुवा

सरकारले सहसचिव कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लोकसेवा आयोगले उनलाई पहिलो नम्बरमा राखेर सचिवमा सिफारिस गरेको थियो ।

सम्बन्धित सामग्री

राजस्व सचिव बने कृष्णहरि पुष्कर

भदौ १२, काठमाडौं । सरकारले अर्थ मन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई पदस्थापन गर्ने निर्णय गरेको छ । हालैको मन्त्रिपरिषदको बैठकले कृष्णहरि पुष्कर कर्णलाई राजस्व सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।पुष्कर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अतिरिक्त समूहमा राखिदै आइएको थियो । उनको पदस्थापनसँगै राजस्व सचिव पदपूर्ती भएको छ । यसअघि राजस्व सचिवको जिम्वेबारीमा रामशरण पुडासौनी थिए । उनी अवकश भएसँगै विगत डेढ महीनादेखि सो पद रिक्त हुँदै आएको थियो । २०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्करलाई सरकारले गत असारमा सचिवमा बढुवा गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा गृह, श्रम मन्त्रालयअन्तर्गतका विभिन्न निकायको विभागीय जिम्वेबारीमा रहेर लामोसमय काम गरिसकेका पुष्कर राजस्व बुझेका व्यक्ति भने त्यति होइनन् ।  राजस्व सचिवमा पदस्थापन भएका पुष्करमाथि महामारीले असर पारिरहेको अर्थतन्त्रसँगै राजस्व प्रशासनलाई सुधार्नेदेखि राजस्व चुहावट रोक्ने, बलियो तवरले राजस्व संकलन कार्ययोजना बनाई कार्यान्वयनमा लैजानुपर्ने चुनौती आइपरेको छ ।