व्यवसायी अमित श्रेष्ठलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न गरेको आदेशविरुद्ध श्रेष्ठले पुनरावेदनको निवेदन दिएका थिए ।सो निवेदन उपर सुनुवाई गर्दै न्यायाधीश राजेन्द्र खरेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले उनलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेको उच्च अदालत पाटनका रजिष्टार ठगिन्द्र कट्टेलले रातोपाटीलाई बताए । कट्टेलका अनुसार श्रेष्ठले धरौटी रकम बुझाइसकेका छन् ।न्यायाधीश खरेल र पोखरेलले श्रेष्ठलाई बिहीबार थुनामुक्त गर्न आदेश गर