भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ ।
युरोपेली युनियनले भेनेजुएलाविरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश दिएको हो ।
भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले युनियनका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश छाड्ने आदेश दिएका थिए । युरोपेली युनियनका विदेश मन्त्रीहरूको बैठकले ‘लोकतन्त्रको अपमान’ गरेको भन्दै भेनेजुएलाका १९ जना अधिकारीविरुद्ध प्रतिबन्धहरू घोषणा गरेको थियो ।
मन्त्री अरेजाले संवा...