रुसले युक्रेनका चार भू–भाग गाभेको घोषणा गरेपछि युरोपेली सङ्घले भर्त्सना गरेको छ ।
युरोपेली सङ्घका नेताहरूले युक्रेनको डोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खेअर्सन क्षेत्रमा रूसले गरेको कब्जा घोषणालाई कहिल्यै मान्यता नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । युरोपेली सङ्घ (ईयू) का २७ सदस्य देशका नेताहरू सम्मिलित युरोपेली परिषद्ले रुसले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको आरोप लगाएका छन् ।
परिषद्ले निकालेको विज्ञप्तिमा युक्रेनी भू–भागलाई गाभ्ने रुसको कदमलाई गैरकानुनी उल्लेख छ । साथै विज्ञप्तिमा नियममा आधारित अन्तर्राष्ट्रि...