काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू–भाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पार्नुभएको छ । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भू–भाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको बताउनुभएकाे हो ।
आज मङ्गलवार पूर्वराजदूतहरूको समूहले काठमाण्डाैमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै उहाँले छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता ...