माओवादी र एकीकृत समाजवादीले टुंग्याए, कांग्रेसमा विवाद
पाँचदलीय गठबन्धनको नेतृत्व गरेको कांग्रेसमा महानगर र उपमहानगरका लागि मेयर–उपमेयरका उम्मेदवार टुंग्याउन सकस परेको छ । पार्टीको आन्तरिक शक्तिसन्तुलनअनुसार मेयर–उपमेयर टुंग्याउने प्रयास भए पनि शनिबार रातिसम्म शीर्ष नेतृत्वमा सहमति जुटेको छैन ।...
उपत्यकामा माओवादी केन्द्रले सबै महिला नेता पम्फा, ओनसरी, मानुषी र कल्पनालाई उम्मेदवार बनाएको थियो । तर सबै जना प्रतिस्पर्धामा पछाडि छन् । माओवादी केन्द्रले भागमा पाएको भक्तपुर–१ अग्रता लिने संभावना नै छैन । माओवादी केन्द्रकै जस्तो अवस्था एकीकृत समाजवादीको पनि छ ।
काठमाण्डाै - मंसिर ४ गते हुने चुनावका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । माओवादी केन्द्रले दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको हो ।
माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्त्वका साथ उठाएको जनाएको छ । उसले यसअघि पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउँदै आएको थियो भने संविधान जारी गर्ने बेलामा यो विषयमा फरकमत राखेको थियो ।
...
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै पनि पालिकामा प्रमुख र उपप्रमुख जित्न सकेनन् । १६ स्थानीय तह (पालिका) रहेको रुपन्देही जिल्लाका १४ वटा पालिकाको मतपरिणाम आएको छ भने २ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ । नतिजा आएका स्थानीय तहमा माओवादी र एकीकृत समाजवादी निल भएको छ । यस्तै मतगणना हुँदै गरेका दुई स्थानीय तहमा पनि एउटामा नेपाली काँग्रेस र अर्कोमा न
७ वैशाख, धादिङ । स्थानीय तहको चुनावमा तालमेल गर्ने सैद्धान्तिक निर्णय सत्तारुढ दलले गरे पनि धादिङका सहमति भइसकेको छैन् । स्थानीय नेताहरुका अनुसार गठबन्धनको पटक–पटक भएको छलफलले भागवण्डा मिलाउन सकेको थिएन् । भागवण्डा नमिलेपछि नेपाली कांग्रेसले नै मित्रवत प्रतिस्पर्धा गरौं भनेको थियो । नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष मनराज भण्डारी शैलेशका अनुसार कांग्रेसले मित्रवत प्रतिस्पर्धा […]
७ वैशाख, दोलखा । दोलखामा सत्तागठबन्धनको मुख्य घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पालिका प्रमुख र उपप्रमुखको संख्यात्मक भागबण्डा मिलाएका छन् । तर कुन–कुन पालिका प्रमुख र उपप्रमुखमा कुन कुन दलको उम्मेदवार रहने भन्ने निर्क्योल हुन बाँकी छ । सहमति अनुसार दोलखाका ९ पालिकामध्ये ५ पालिका प्रमुख र ४ पालिकाको उपप्रमुख नेपाली कांग्रसले लिनेछ […]
१३ फागुन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु प्रश्न उठेका विषयहरुको संसदबाट व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न सहमत भएका छन् । दोस्रो तहका नेताहरुले तयार पारेको व्याख्यात्मक घोषणाको १०बुँदे मस्यौदामा गठबधनका नेताहरु सहमत देखिएका छन् र भोलि आइतबार विहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । […]
यदि ४ फागुनको संसद बैठकमा एमसीसीबारे छलफल हुने भयो भने माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु अनुपस्थित हुने वा एमसीसीको विरोध गरेर बाहिर निस्कने बाटो रोज्न सक्छन् । त्यो बेला संसदमा उपस्थित सांसद संख्याको बहुमतका आधारमा एमसीसी पास गर्ने प्रधानमन्त्री देउवाको योजना छ ।
‘स्थानीय तह निर्वाचन ऐन २०७४’ अनुसार निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेसँगै स्थानीय निर्वाचनबारे पक्ष र विपक्षमा बहस सुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आयोगको प्रस्तावप्रति समर्थन जनाउँदै वैशाखमै निर्वाचन गर्नु संविधानसम्मत हुने बताएको छ । तर, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी लगायतका केही राजनीतिक दलले तीनै तहका निर्वाचन एकैपटक गर्दा राम्रो हुने धारणा अघि सारिरहेका छन् ।उक्त धारणाप्रति प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले न