काठमाण्डौ – २०७९ सालको महामूर्ख उपाधि जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई प्रदान गरिएको छ ।
जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष होलीको अवसरमा आयोजना गर्ने गरेको होली महोत्सव तथा महामूर्ख सम्मेलनका क्रममा यस वर्षको महामूर्खको उपाधि मेयर साहलाई प्रदान गरिएको हो । नेपाली कांग्रेसमा आबद्ध उहाँ मेयरको टिकट पार्टीको भागमा नपरेपछि स्वतन्त्रबाट निर्वाचित हुनुभएको थियो । जनकपुरधाम नगरको फोहरलगायत समस्या समाधानको पहल गरेको भन्दै उहाँलाई त्याे सम्मान दिइएको आयोजकले जनाएको छ ।
नगरप्रमुख ...