प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय दूतावासले नेपालमा सोझै २० करोडसम्मका आयोजनामा सोझै लगानी गर्ने भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा राप्रपा सांसद गीता बस्नेतले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भारतीय लगानी बजेटभित्र रहेरै खर्च हुने स्पष्ट पारेका थिए ।