राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले एकता अधिवेशनबाट छनोट भएको कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्ने बताएका छन् ।
नयाँ कार्यसमितिलाई शुभकामना दिन बिहीवार पार्टीले आयोजना गरेको कार्यक्रममा उनले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने र संवैधानिक राजसंस्था स्थापित गर्ने गरी राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।
नेता लोहनीले पार्टीको आदर्शलाई अवलम्बन गरी मुलुकमा बलियो शक्तिका रूपमा राप्रपालाई स्थापित गराउने कार्यमा लाग्न नेतृत्वपंक्तिलाई आग्रह गरे । पार्टीका अर्का नेता पशुपतिशमशेर जबराले ...