राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले एकता अधिवेशनबाट छनोट भएको नेतृत्वसहितको कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्ने बताएका छन् । नयाँ कार्य समितिलाई शुभकामना दिन आज पार्टीले आयोजना गरेको कार्यक्रममा उनले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने र संवैधानिक राजसंस्था स्थापित गर्ने गरी राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताएका हुन् । नेता लोहनीले पार्टीको आदर्शलाई अवलम्बन गरी मुलुकमा बलियो शक्तिका रुपमा राप्रपालाई स्थापित गराउने कार्यमा लाग्न नेतृत्वपङ्क्तिलाई आग्रह