चिसो र ओमिक्रोनले कुखुरा उत्पादनमा कमी

टाङ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ ,फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द्र ९ फ्रेस हाउसहरू अहिले बन्द छन्

सम्बन्धित सामग्री

नेपाली चियाको निर्यात घट्यो

गतवर्ष चियाको निर्यातमा १२ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०६५/६६ मा १ अर्ब ३४ करोडको चिया निर्यात भएकामा गत आवमा रू. १ अर्ब १७ करोडको निर्यात भएको छ । चिया उत्पादनमा कमी आएकाले चिया निर्यात घटेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत प्रेम आचार्यले बताए । नेपालमा कालो, हरियो र आलोङ गरी तीन प्रकारको चिया उत्पादन हुँदै आएको छ । कालो चियाअन्तर्गत अर्थोडक्स र सीटीसी चिया पर्दछन् । नेपालमा कुल १६ हजार ९ सय १८ हेक्टरमा चियाको खेती गरिएको छ । नेपालमा १ सय २४ वटा चियाबगान तथा ४० वटा प्रशोधन केन्द्र छन् । त्यसमध्ये २५ वटा सीटीसी र १५ वटा अर्थोडक्स कारखाना छन् । नेपालको एउटा मात्रै हरियो चिया प्रशोधन केन्द्र इलाममा मात्रै छ । चियाका लागि ८ सय मिटरभन्दा माथिको चिसो हावापानी उपयुक्त मानिन्छ । चिया उद्योगबाट ४० हजार श्रमिकले प्रत्यक्ष र करिब १ लाखले अप्रत्यक्ष रूपमा रोजगारी पाएको आचार्यले जानकारी दिए । नेपालबाट विसं २०४४ बाट व्यावसायिक रूपमा चिया निर्यात गर्न थालिएको हो । इलाम, धनकुटा, दोलखा, कास्की, सिन्धुली, सङ्खुवासभालगायतका २३ जिल्लामा व्यावसायिक चियाखेती गरिँदै आएको छ । विदेशमा बढी माग हुँदै आएका अर्थोडक्स चियाको उत्पादन पहाडमा मात्र हुन्छ भने सीटीसी चिया झापामा मात्र । वर्ष ६, अंक ३१, शुक्रवार, २२ असोज २०६७

दूधको बढ्दो माग, न्यून उत्पादन

जुम्लामा ५० प्रतिशतले दूध उत्पादनमा कमी आएको छ। चिसोले गर्दा ह्वात्तै दूध उत्पादन कम भएको किसानहरुले बताउने गरेका छन्। हरेक वर्षको मंसिर देखि फागुनको अन्तिमसम्म गाई, भैंसी पालक किसानले दुधबाट नोक्सानी व्यहोर्नुपरेको छ। दिनप्रतिदिन चिसो बढ्दै जाँदा दूध दिने गाई, भैँसी सुक्दै गएको किसानहरुको गुनासो छ।अन्य पशु वस्तु पनि समुचित स्याहार नपाउँदा जुम्लाका पशुपालक किसानलाई चिन्ता छ।न हरियोपरियो घाँस खोज्न जान सकिएको छ, न वस्तु चरनमा लान सकिन्छ, जुम्लाको गुठिचौर गाउँपालिका-४ दशौदीकी किसान मायादेवी प

मर्स्याङ्दीको उत्पादन घट्यो

नदीमा बहाव कम भएसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा कमी आएको छ । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले चिसो मौसममा घामको तापक्रम घट्ने हुँदा हिमाल कम पग्लने र जाडोयाममा वर्षा पनि कम हुने भएकाले उत्पादन घटेको केन्द्रका इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिनुभयो

बहाव कम भएसँगै मर्स्याङ्दी विद्युत केन्द्रको उत्पादनमा कमी

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादनमा कमी आएको छ । चिसो बढेसँगै नदीको बहाव कम भएकाले उत्पादन क्षमतामा ह्रास आएको केन्द्रले जनाएको छ ।

चितवनमा आलुको उत्पादन घट्ने

चितवन । चितवनमा यस वर्ष आलुको उत्पादन घट्ने भएको छ । बेमौसमी वर्षात्का कारण आलु उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्रले बताएको छ । केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनका अनुसार जिल्लाको एक हजार ९५९ हेक्टर क्षेत्रफलमा आलु लगाइएकोमा ३५ हजार ७३२ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको छ । गतवर्ष सोही क्षेत्रफलको जमिनमा ३७ हजार ६१३ मेट्रिकटन आलु उत्पादन भएको थियो । गतवर्ष १९ दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा यस वर्ष उत्पादकत्व घटेर १८ दशमलव २४ मेट्रिकटनमा आउने अनुमान गरिएको उनले जानकारी दिए । आलुमा पछौटे डडुवा रोगसमेत रहेकाले उत्पादनमा कमी आउने देखिएको हो । सूचना अधिकारी पुनले भने, ‘आलु थन्काउने समयमा चिसो बढेसँगै पानी परेर आलु उत्पादनमा समस्या आयो ।’ जिल्लामा विशेषगरी आलुखेती पूर्वी चितवन, भरतपुर महानगरपालिका र माडी क्षेत्रमा बढी हुने गरेको छ । आलु थन्काउने समयमा पानी परेकाले बारीमा रहेको आलु कुहिने समस्या हुने उनले जानकारी दिए । रासस

चिसो बढेसँगै विद्युत् उत्पादन घट्यो भारतबाट ६५० मेगावाट ल्याउन सुरु

नेपालमा उत्पादित विद्युतले माग धान्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ६५० मेगावाट विद्युत् आयात गर्न शुरु गरेको छ । सुख्खा मौसमसँगै नदीहरुमा पानीको सतह कम हुन थालेपछि विद्युत् उत्पादनमा कमी आएपछि दैनिक ६५० मेगावाट विद्युत् आयात गर्नु शुरु गरेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेसबहादुर भटट्राईले जानकारी दिनुभयो ।

कालीगण्डकी ‘ए’ मा विद्युत् उत्पादनमा कमी

स्याङ्जा । मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ । चिसो मौसमसँगै नदीको बहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले...