कालीगण्डकी ‘ए’ मा विद्युत् उत्पादनमा कमी

स्याङ्जा । मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ । चिसो मौसमसँगै नदीको बहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले...

सम्बन्धित सामग्री

‘विद्युत् कटौती अति भयो, बरु घोषित लोडशेडिङ गर’

वीरगञ्ज । विनासूचना पटकपटक विद्युत् कट्न थालेपछि बारा पर्सा औद्योगिक कोरिडोरका उद्योग सञ्चालकले घोषित रूपमै लोडशेडिङ गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेका छन् । मुख्य औद्योगिक कोरिडोरमा दैनिक ८/९ घण्टा विद्युत् काट्न थालेको वीरगञ्ज उद्योग वाणिज्य संघअन्तर्गतको उद्योग समितिका संयोजक हरि गौतमले बताए । अहिले अधिकांश उद्योगको उत्पादन खुम्चिएको छ । उत्पादन २५ प्रतिशतमा झरिसकेको सम्बद्ध उद्योगीको दाबी छ । विद्युत् अभावमा झन् समस्या थपिएको उद्योगी बताउँछन् । ‘सूचनाविनै लाइन काट्दा उत्पादनको सिफ्ट व्यवस्थापनमा समेत समस्या देखियो । बरु घोषित रूपमै लोडशेडिङको तालिका पाए सजिलो हुन्थ्यो,’ संघका उपाध्यक्षसमेत रहेका गौतमले भने । सूचनाविनै बारम्बार लाइन कट्दा उत्पादन नराम्ररी प्रभावित भएको उद्योगीको गुनासो छ । फलाम, सिमेन्ट र भट्टीमा आधारित बढी विद्युत् खपत गर्ने उद्योगहरू धेरै प्रभावित छन् । विगत वर्षहरूको तुलनामा विद्युत्को आन्तरिक उत्पादन र भारतबाट आयातसमेत घटेपछि प्राधिकरणले उद्योगमा आपूर्ति काट्न थालेको हो । ‘पिक आवर’मा हुने माग व्यवस्थापनका लागि उद्योगमा २/३ घण्टा विद्युत् आपूर्ति घटाइएको प्राधिकरणका उच्च अधिकारीहरूले बताउने गरेका छन् । तर, दिनभरि पटकपटक लाइन जाने गरेको उद्योगीले बताएका छन् । अहिले पिक आवरमा विद्युत्को माग १ हजार ७ सय मेगावाट रहेको प्राधिकरणको तथ्यांक छ । आन्तरिक उत्पादन बढीमा १ हजार ३ सय मेगावाट रहेको र भारतबाट ४०० मेगावाट आयात भइरहेको प्राधिकरण अधिकारीहरू बताउँछन् । गतवर्ष हिउँदको तुलनामा यो वर्ष २० प्रतिशतले उत्पादन घटेको र भारतबाट आयातसमेत प्रभावित भएकाले मागअनुसार आपूर्ति हुन नसकेको प्राधिकरणको दाबी छ । पिक आवरमा ५० मेगावाटजति कम हुने र त्यसको व्यवस्थापनका लागि उद्योगमा कटौती गर्नुपरेको प्राधिकरणको भनाइ छ । प्रधिकरणले भारतबाट विद्युत् किन्दा पिक आवरमा बढी रकम तिर्नुपर्ने भएकाले अफ आवरमा ल्याउने गरेको छ । यसबाट बढी बिजुली खपत हुने पिक आवरमै उद्योगमा कटौती गर्नु परेको प्राधिकरणका अधिकारीको भनाइ छ । प्राधिकरणले अधिकांश आयात भारतको विहारबाट गर्दै आएको छ । विहारमा १४ सय मेगावाट क्षमताका दुईओटा थर्मल प्लान्ट बिग्रिएकाले पनि चाहिएजति विद्युत् ल्याउन नसकेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन् । बारा–पर्सा औद्योगिक कोरिडोरमा विहारबाट ल्याइएको विद्युत् आपूर्ति हुँदै आएको छ । उद्योगमा बारम्बार विद्युत् कटौती हुँदा कच्चा पदार्थ खेर जाने, उत्पादनमा कमी, उपकरण जल्ने र बिग्रिने, उत्पादनको गुणस्तरमा ह्रासजस्ता समस्या आएको संघका उपाध्यक्ष माधव राजपाल बताउँछन् । लोडशेडिङ अन्त्यको ४ वर्ष नबित्दै उद्योगमा अँध्यारो युग शुरू भएको उनको टिप्पणी छ । कोरोना महामारीयता चौतर्फी संकटमा जेलिएका उद्योग ऊर्जा असहजताका कारण थप मारमा परेको उद्यमीले बताएका छन् । बजारमा छाएको मन्दीबाट उद्योग १२ घण्टामात्र चल्ने गरेकोमा विद्युत्को आपूर्ति नियमित नहुँदा ८ घण्टा पनि चलाउन नसकिएको गौतमको गुनासो छ । ‘प्राधिकरणले जानकारी नै नदिई लाइन काट्छ । ५० रुपैयाँ युनिट पर्ने डिजेलको ऊर्जा प्रयोग गरेर उत्पादन गर्न सक्ने अवस्था छैन,’ उनले आर्थिक अभियानसित भने ।

विद्युत् कटौतीले उत्पादनमा कमी

रुपन्देहीमा सञ्चालित उद्योगधन्दामा अघोषित विद्युत् कटौतीले उत्पादन ठप्प भएको उद्योगी व्यवसायीले गुनासो गरेका छन् । एक महिनादेखि समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी केही दिनदेखि चौबीसै घण्टा नै अघोषित लोडसेडिङको मारमा परेका हुन् । ३३ केभीए तथा

नियमित विद्युत् आपूर्ति नहुँदा रुपन्देहीका १५ हजार उद्योग समस्यामा

काठमाडौँ । अनियमित विद्युत् कटौतीले रुपन्देहीमा सञ्चालन भएका करिब १५ हजार उद्योगहरू नियमित सञ्चालन हुन सकेका छैनन् । विद्युत् आपूर्ति नियमित नहुँदा उत्पादनमा कमी र लो भोल्टेज र ट्रिपिङका कारण महँगा प्राविधिमा जोडिएका मेशिनरी सामानहरूमा असर परेको उद्योगीहरूको गुनासो छ । एक महिनादेखि विद्युत् आपूर्तिमा अनियमितता, ट्रिपिङ तथा लो–भोल्टेजका कारण रुपन्देही आसपासका उद्योग प्रतिष्ठानहरूमा समस्या […]

अनियमित विद्युत् आपूर्तीले रुपन्देहीका १५ हजार उद्योग समस्यामा

रुपन्देही । अनियमित विद्युत् कटौतीले रुपन्देहीमा संचालन भएका करिब १५ हजार उद्योगहरु नियमित संचालन हुनसकेका छैनन् । विद्युत् आपूर्ती नियमित नहुँदा उत्पादनमा कमी भएको मात्र छैन, लो भोल्टेज र ट्रिपिङका कारण महंगा प्राविधिमा जोडिएका मेशिनरी सामानहरुमा असर परेको उद्योगीहरुको गुनासो छ । एक महिनादेखि विद्युत् आपूर्तीमा अनियमितता, ट्रिपिङ तथा लो–भोल्टेजका कारण रुपन्देही आसपासका उद्योग प्रतिष्ठानहरुमा […]

भारतले कटौती गर्दा उद्योगमा बिजुली दिन समस्या

काठमाण्डाै – भारतबाट आउने बिजुली कटौती हुँदा नेपालका उद्योगमा बिजुली दिन समस्या भएको छ । रुस–युक्रेन युद्धका कारण भारतले कोइलाबाट बिजुली उत्पादनमा कमी ल्याएसँगै नेपालमा पनि त्यसको असर देखिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनदेखि उद्योगमा बिजुली अनियमित भइरहेको जानकारी दिनुभयो । भारतबाट बिजुली पाएको बेला उद्योगलाई दिएको र नपाएको बेला कटौती भएको घिसिङको भनाइ छ ।‘बिजुली पाएको बेला दिइरहेका छौँ । भएन भने अघिल्लो दिन बेलुका ६ बजे भोलि यो–यो हु...

चिसो बढेसँगै विद्युत् उत्पादन घट्यो भारतबाट ६५० मेगावाट ल्याउन सुरु

नेपालमा उत्पादित विद्युतले माग धान्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ६५० मेगावाट विद्युत् आयात गर्न शुरु गरेको छ । सुख्खा मौसमसँगै नदीहरुमा पानीको सतह कम हुन थालेपछि विद्युत् उत्पादनमा कमी आएपछि दैनिक ६५० मेगावाट विद्युत् आयात गर्नु शुरु गरेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेसबहादुर भटट्राईले जानकारी दिनुभयो ।

नियमित मर्मतसम्भार नहुँदा विद्युत् उत्पादनमा कमी - Naya Patrika

मर्मतका लागि सहयोगीको खोजी – हुप्सेकोट गाउँपालिका–५ धौवादी रुद्रपुरमा हावाबाट उत्पादन हुँदै आएको बिजुली कम आएको छ । नियमित मर्मत–सम्भार नहुँदा बिजुली उत्पादनमा कमी भएको हो । ०६८ सालमा एसियाली...पूरा पढ्नुहोस् »

हिउँदमा गत वर्षको भन्दा लोडशेडिङ ‘नबढ्ने’

नेपाल विद्युत् प्राधिकरणले बिजुली उत्पादनमा कमी र भारतबाट हुने आयातमा केही कटौती हुने भए पनि यसपालि हिउँदमा गत वर्षको भन्दा लोडशेडिङ नबढ्ने जनाएको छ।