बहाव कम भएसँगै मर्स्याङ्दी विद्युत केन्द्रको उत्पादनमा कमी

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादनमा कमी आएको छ । चिसो बढेसँगै नदीको बहाव कम भएकाले उत्पादन क्षमतामा ह्रास आएको केन्द्रले जनाएको छ ।

सम्बन्धित सामग्री

मर्स्याङ्दीको उत्पादन घट्यो

नदीमा बहाव कम भएसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा कमी आएको छ । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले चिसो मौसममा घामको तापक्रम घट्ने हुँदा हिमाल कम पग्लने र जाडोयाममा वर्षा पनि कम हुने भएकाले उत्पादन घटेको केन्द्रका इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिनुभयो

लमजुङमा अलैंची उत्पादनमा कमी, गत वर्षभन्दा करीब ८५% ले कमी

माघ २, लमजुङ । लमजुङमा यसवर्ष अलैंची उत्पादनमा कमी आएको छ । आवश्यकता अनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो । गत वर्षको तुलनामा यो वर्ष करीब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैंची जोन कार्यालय लमजुङले जानकारी दिएको छ । कार्यालयका अनुसार गत वर्ष जिल्लामा ४०० मेट्रिक टन अलैंची उत्पादन भएको थियो । यस वर्ष अलैंचीको उत्पादन घटेर ३५ मेट्रिक टनमा सीमित भएको छ  ।   गत वर्ष अलैंचीको विक्रीबाट रू. १८ करोड २० लाख आम्दानी गरेका किसानले यो वर्ष रू. तीन करोड ५० लाख मात्र आम्दानी गर्न सकेको कार्यालयले जानकारी दिएको छ । यसवर्ष रोग प्रकोप, जलवायु परिवर्तन, सिँचाइको कमीलगायतका कारण अलैंची उत्पादनमा भारी गिरावट आएको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका संयोजक तथा जिल्ला अध्यक्ष अजय तामाङले बताए ।  मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैंची किसानसमेत रहेका संयोजक तामाङले गतवर्ष ४५० केजी अलैंची दाना उत्पादन भएकोमा यो वर्ष २०० केजी मात्र उत्पादन भएको बताए ।  त्यस्तै, बेँसीशहर नगरपालिका–१० खाँचेका अलैंची किसान सोमबहादुर तामाङको पनि समस्या तथा उत्पादन उस्तै उस्तै भएको छ । तामाङले गतवर्ष करीब २०० किलो अलैंची दाना उत्पादन गरेको र योवर्ष भने जम्मा ३२ किलो मात्र अलैँची उत्पादन भएको बताए । अलैंची उत्पादन घटेपनि मूल्य भने वृद्धि भएको छ । गतवर्ष ४५० किलो अलैंची दाना विक्रीबाट रू. दुई लाख ७० हजार आम्दानी गरेका छिनेखोलाका तामाङले यो वर्ष २०० किलो अलैंची दाना विक्रीबाटै रू. दुई लाख २० हजार आम्दानी गरेका हुन् । खाँचेका तामाङले गतवर्ष रू. एक लाख २० हजार आम्दानी गरेकोमा यो वर्ष रू. ३५ हजार मात्र आम्दानी गरेको बताए । गतवर्ष प्रतिकिलो रू. ५०० देखि ६०० मा अलैंचीको दाना विक्री गरेका किसानले यो वर्ष रू. एक हजार ५० देखि एक हजार १०० सम्म विक्री गरेका छन् ।  अलैंची जोन कार्यलयका अनुसार जिल्लामा गत वर्ष एक हजार ६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार भएको थियो भने ४७९ हेक्टर जमिनमा मात्रै अलैंची उत्पादन भएकोे थियो ।  व्यवसायिक खेती हुँदै आएको लेकाली क्षेत्रहरूमा अलैंची उत्पादनमा गिरावट आएसँगै मूल्यमा समेत गिरावट हुँदा किसानहरु निराश बनेका छन् । दशकअघि प्रतिकेजी रू. २ हजार ५०० सम्म रहेको अलैंचीको मूल्य अहिले प्रतिकिलो रू. ८०० देखि ९०० को हाराहारीमा छ ।  जिल्लामा विसं २०४१ बाट अलैंची खेती विस्तार भएदेखि किसान यस पेशाप्रति आकर्षित हुँदै आएको छ । विसंं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैंची दाना विक्री गरेर किसानले रू. १२ करोड आम्दानी गरेका थिए  ।  यसैगरी विसं २०७५ मा ७५० क्विन्टल अलैंची दानाको विक्रीबाट रू. पाँच करोड २५ लाख र विसं २०७४ मा ६०० क्विन्टल अलैंची दाना विक्रीबाट रू. चार करोड ४८ लाख आम्दानी गरेको थियो ।  जिल्लामा हाल एक हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती हुँदै आए पनि एक हजार २०० हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ । उक्त परियोजनाले अलैंची जोन पकेट क्षेत्रका रुपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीशहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ ।  सो क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी अलैंची उत्पादन हुने गरेको बताइएको छ । जिल्लाका किसानले कुनै बेला अलैंची दाना प्रतिकिलो रू. दुई हजार २०० सम्ममा विक्री गर्ने गरेका थिए ।  जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाईमा गोलशाही तथा १ हजार ६०० देखि २ हजार २०० मिटर उचाईमा रामशाही र भलाङे जातका अलैंची बिरुवा लगाउँदै आएका छन् ।  उचाइअनुसार फरक फरक समयमा अलैंची पाक्ने हुँदा माथिल्लो क्षेत्रमा लगाइएको अलैंची किसानहरूले असोज महीनामा टिप्ने गर्छन् । अलैंची पाकेपछि टिप्न, छोडाउन र सुकाउन व्यस्त हुन्छन्, उनीहरु ।  दिनभर टिप्ने, राती छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा अलैंची किसानहरू त्यस समयमा व्यस्त हुने गरेका छन् । व्यवसायिक रूपमा अलैंची खेती गरेका जिल्लाका अधिकांश किसानहरूले सुकाएर मात्रै ग्रेडिङ गरी विक्री गर्ने गरेका छन् । लमजुङको १ हजार २०० मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक अलैंची खेती हुने गरेको छ । जिल्लामा २० हजारभन्दा बढी कृषकले व्यवसायिक अलैंची खेती गर्दै आएका छन् ।  जिल्लामा लगाइएको अलैंचीका दानाको माग उच्च रहँदै आएको छ । जिल्लामा उत्पादित अलैंचीका दाना भारत हुँदै विभिन्न देशमा पुग्ने गरेको छ । रासस

मर्स्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो

आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्यायाङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मर्स्यायाङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो ।