जुम्लामा ५० प्रतिशतले दूध उत्पादनमा कमी आएको छ। चिसोले गर्दा ह्वात्तै दूध उत्पादन कम भएको किसानहरुले बताउने गरेका छन्। हरेक वर्षको मंसिर देखि फागुनको अन्तिमसम्म गाई, भैंसी पालक किसानले दुधबाट नोक्सानी व्यहोर्नुपरेको छ। दिनप्रतिदिन चिसो बढ्दै जाँदा दूध दिने गाई, भैँसी सुक्दै गएको किसानहरुको गुनासो छ।अन्य पशु वस्तु पनि समुचित स्याहार नपाउँदा जुम्लाका पशुपालक किसानलाई चिन्ता छ।न हरियोपरियो घाँस खोज्न जान सकिएको छ, न वस्तु चरनमा लान सकिन्छ, जुम्लाको गुठिचौर गाउँपालिका-४ दशौदीकी किसान मायादेवी प