सरकारले विदेशी विमान कम्पनीलाई पनि विदेशमा अलपत्र नेपाली उद्दार अनुमति दिने भएको छ । सरकारको यस्तो तयारीसँगै विदेशबाट फिर्ता ल्याउने नेपाली नागरिकको उडान उद्दार तालिका तथा भाडादरमा पुनरावलोकन हुने भएको छ ।
कहाँबाट कसरी सहज, सुलभ र मितव्ययी ढंगबाट उद्दार गर्न सकिन्छ भनेर सरकारले यस्तो निर्णय गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए । उनले भने, “अब नेपालबाट पनि र विदेशबाट पनि सम्बन्धित देशका विमान कम्पनीले हाम्रो दूतावासँगको सहजीकरणमा उद्दार गर्न पाउने व्यवस्था गर्दैछौं । तर, त्यसको लागि नेपाल सरकारले तोकेको शर्त भने पूरा गर्नुपर्ने छ ।”