दुर्घटना भएको यतीको विमानमा १० जना विदेशी

काठमाडौं। कास्कीको पोखरामा आज भएको यती एयरलाइन्सको ‘एएनसी एटीआर ७२’ विमान दुर्घटना १०जना विदेशी रहेको बुझिएको छ। यती एयरलाइन्सका अनुसार विमानमा स्वदेशी र विदेशी गरी ६८यात्रु रहेका थिए। विदेशी यात्रुमध्ये केही भारतीय र केही अन्य देशका छन्। विमान पोखराको रंगशाला नजिक सेती नदीको खोचमा खसेको थियो। दुर्घटनास्थलबाट ३५ जनाभन्दा बढीको शव झिकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।