सरकारमा सहभागी संघीय समाजवादी फोरमले पठाएको पत्रलाई सकारात्मक भन्दै राष्ट्रिय जनता पार्टीले वार्ता समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. सीके राउत नेतृत्वको ‘स्वतन्त्र मधेश गठबन्धन’ सँग ११ बुँदे सम्झौता गरी तत्काल संशोधन नगर्ने संकेत दिएपछि यी दुईदलका नेताहरूले आन्दोलनको माध्यमबाट संशोधन गराउने रणनीतिबारे पुनर्विचार गर्न थालेका हुन् ।