नेपाल–भारत सीमा नाका बन्द हुँदा पर्यटन क्षेत्र धराशयी भएको छ । कोभिड सङ्क्रमण फैलन नदिनका लागि गरिएको सीमा नाका बन्द गरी पर्यटक आगमनलाई रोक लगाउँदा पर्यटन क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको हो ।
सीमा नाका बन्दले रुपन्देहीमा सञ्चालित ३०० बढी होटल तथा रेष्टुरेन्ट, १०० बढी ट्राभल एजेन्सी धराशयी बनेको पर्यटन व्यवसायी बताउँछन् । निजी क्षेत्रको करिब रु २५ अर्ब लगानी रहेको रुपन्देहीमा सरकारले सीमा नाका बन्द गरिदिँदा सङ्कटमा परेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीलाई दृष्टिगत गरी जिल्ला...