सर्वोच्च अदालतका अधिकारीहरू मंगलबार अपराह्न भिन्न मुडमा थिए । उता प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक चल्दै थियो । सबैको अनुमान थियो– सर्वोच्चका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुनेछन् । ‘हामी उहाँलाई बधाई दिने तयारीमा बसेका थियौं, तर परिषद्को बैठक नै स्थगित भयो भन्ने अप्रत्याशित खबर आयो,’ सर्वोच्चका एक कर्मचारीले भने ।