नेपाल बार एसोसिएसनका वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउनका लागि प्रक्रिया अघि बढाउन राजनीतिक दलहरूसँग आग्रह गरेका छन् । वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका हुन् । शुक्रवार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भट्टले प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालन भएको आरोप लगाए । उनले भने, ‘प्रधानन्यायाधीशसँग न दिमाग छ, न मन छ, न आत