प्रधानन्यायाधीश जस्तो उच्च नैतिक चरित्रमा बस्नुपर्ने पदाधिकारीमाथि महाभियोगका लागि अहिले सतहमा आएका आरोप नै पर्याप्त हुने वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको धारणा छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका आचरण र क्रियाकलाप नै महाभियोगका लागि पर्याप्त ठान्ने उनी भोलि फौजदारी आरोपका लागि अरू प्रमाण चाहिन सक्ने बताउँछन् । उनको आचरण, क्रियाकलाप र उनीमाथि लागेका आरोपबारे अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले […]