२० भदौ, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि देशभर १० हजार ८८८ मतदानस्थल तय गरेको छ । यो यसअघिको चुनावको भन्दा १३२ धेरै हो । यसअघि देशभरका जम्मा १० हजार ७५६ मतदान स्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा समग्रमा १ हजार १२३ मतदानस्थलमा केही न केही परिवर्तन गरिएको छ । […]