मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले  प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो । ‘सम्वत् २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि आयोगमा मिति २०७९।४।१९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरुलाई संविधानको धारा २७१ बमोजिम सम्व

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। सत्ता गठबन्धनले साउन मसान्तसम्म सिट बाँडफाँडको खाका तयार पार्न ११ सदस्यीय कार्यदल गठन गरेको छ। एमाले अध्यक्ष केपी ओलीले सत्तागठबन्धनले चुनाव जिते पाँच वर्षभित्र लोकतन्त्र समाप्त हुने ठोकुवा गरेका छन्। नेप्से परिसूचक ३४.६१ अंकले घटेको छ। थप ९१२ जना कोरोना संक्रमित थपिँदा एक जनाको मृत्यु भएको छ।

चुनावको मिति तोकिएपछि आयोगले पत्रकार सम्मेलन गर्दै

काठमाडौं : सरकारले चुनावको मिति तोकेपछि निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दैछ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका सन्दर्भमा जानकारी गराउन आज अपरान्ह साढे ४ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ।आयोगले सूचना जारी गर्दै प्रमुख आयुक्त र आयुक्तहरुको उपस्थितिमा पत्रकार सम्मेलन हुने जानकारी गराएको छ। चुनावको मिति तोकिएसँगै आयोगले मतदाता नामावली स्थगित गर्नेदेखि दल दर्ता आह्वा