हिजाे सिँचाइ नहुँदा बाँझिएका जग्गामा अहिले बाह्रै महिना अन्नबाली

काठमाण्डौ – सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँसु पोखिन्छन् ।  बालबच्चा लालनपालन गर्न खेती लगायो उचित समयमा सिँचाइ दिन नसक्दा बिउ पनि उब्जाउन मुस्किल हुने ती जग्गामा लटरम्म अन्नपात फलेको देख्दा उहाँलाई रमाइलो लागेको छ । पाल्पा रामपुर नगरपालिका ५ को रानाटोल बस्ने हरिबहादुर उमेरले ९० वर्षमा टेक्नुभएको छ । रानाको दैनिकी लठ्ठीको सहारामा खेत वरिपरि घुम्दै हरियाली फलेका अनाज दे...

सम्बन्धित सामग्री

बाँदरको पिरले रित्तिँदै गाउँ, बाँझिँदै खेतीयोग्य जमिन

तेह्रथुम– छथर गाउँपालिका–२ बाहुनबारीका डम्बर कार्कीले करिब १० वर्ष पहिले ५० रोपनी क्षेत्रफलमा खेती गर्ने गरेका थिए । आफूले लगाएको अन्नबाली कार्कीले नजिकैको शुक्रबारे र सन्सारे बजारमा बिक्री गरी राम्रै आम्दानी लिन्थे । कामा लगाइएका खेतलालाई पनि अन्न दिन्थे तर, अहिले १० रोपनी क्षेत्रफलमा मात्रै खेती लगाउँछन् त्यो पनि बाँदरबाट जोगाउन हरेक दिन हैरानी खेप्नु […]

बाँदरका किस्सा र मान्छेको बाध्यता - सरकारसित रुनु कि आफैँसित हाँस्नु !

बाँदरको उपद्रोले अब मान्छे मात्र होइन, घरपालुवा पशुले समेत दु:ख पाउन थालेका छन् । बाँदरले घरपालुवा पशुमाथि गरेको अत्याचारको उजुरी भोजपुरबाट अहिले सिंहदरबार आइपुगेको छ ।नेकपा माओवादी केन्द्र भोजपुरले जिल्ला प्रशासन कार्यालयमार्फत् एक महिनाअघि गरेको उजुरीमा बाँदरले घरको खानेकुरा र अन्नबाली चोरेको मात्र हैन, घरमा पालेका पशुलाई करणी गरेको ब्यहोरा पनि उल्लेख छ । बाँदरको उपद्रो कुन हदसम्म बढेको छ भन्ने पछिल्लो उजुरी हो बाँदरले गर्न थालेको चौपाया करणी । मान्छेमाथि त बाँदरले आतङ्कको कहर नै सिर्जना गरेको छ ।रुनु कि हाँस्...

वर्षा भएपछि किसान उत्साहित

फुङ्लिङ, १३ चैत । लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्रायः प्रत्येक साँझ–बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान उत्साहित भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का सन्तकुमार लिम्बू अहिले अलैँची बगानमा सिँचाइ गर्न नपरेकाले बिहीबार सदरमुकाम फुङ्लिङ बजारमा आइपुगेका छन् । कात्तिकको तेस्रो सातादेखि […]

बँदेल र बाँदरको दुःखले धनकुटाका किसान आँप खेतीतर्फ

२ चैत, धनकुटा । जंगली बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन् । डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन् । अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मात्र मुक्त भएका छैन उनीहरुले आँप खेतीबाट मनग्य आम्दानीसमेत लिन […]

अव्यवस्थित सहरीकरणले बढायो परनिर्भता

-शुरबहादुर सिंह/ दश वर्षअघिसम्म पनि तिला गाउँपालिका–४ जुम्लाको साँपुल्ली गाउँको उर्वर जमीनमा रैथाने अन्नबाली उत्पादन हुने गथ्र्यो । हिउँदे र वर्षे बालीले जताततै हरियाली दृश्य हेर्न पाइन्थ्यो । हिउँदमा जौ, गहुँ र उवा फल्ने त्यो उर्वर जमीनमा वर्षेयाममा कतै कोदो, चिनो, कागुनो त कतै मकै, सिमी, मार्से, लट्टे, भट्टजस्ता अन्न लटरम्म फलेको देखिन्थ्यो । अहिले […]

बंगुर पालनमा आकर्षण

अत्तरिया- रामसाय राना उमेरले ५६ वर्ष पुगे। कञ्चनपुरको कृष्णपुर नगरपालिका- ८ बिचुवाका राना अहिले युवा अवस्थाजस्तो शारीरिक बलले काम गर्न सक्दैनन्। पुरै जीवन कृषि कर्ममा बिताएका रानाले अहिले भने ‘बंगुर’ पालनलाई प्राथमिकता दिएका छन्। बिचुवामा चिटिक्क परेको घर बनाएका रानाका सन्तान छैनन्। उनको त्यो घरमा श्रीमान श्रीमती मात्रै बस्छन्। युवा अवस्थामा कृषिमा तरकारी खेती, अन्नबाली, […]

किसानको आकर्षण घटेसँगै लोप हुँदै रैथाने अन्नबाली

माघ २, पाल्पा । रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनतअनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पालगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।  खेतीयोग्य जमिनमा समेत रैथानेबाली हराउन थालेको छ । जलवायु परिर्वतनले उत्पादनमा कमी आएसँगै किसानको परम्परागत अन्नबाली खेतीमा आकर्षणसमेत घटेको हो ।  बगनासकाली गाउँपालिका–८, बगनासकी जेम कुमारी हिताङ्ग अहिले कोदो र फापरखेतीमा व्यस्त छन् । पहिला तीन चार मुरी कोदो र फापर उत्पादन हुने गरेकामा अहिले २०/२५ पाथी मात्र उत्पादन हुन्छ । कोदो, फापरलगायत रैथानेबालीको माग गाउँ तथा सहरी क्षेत्रमा भने बढ्दो छ ।  पहिला निकै मेहनतका साथ उत्पादन गरिने भएकाले कोदो, फापरलगायत बाली प्रशस्त उत्पादन हुँदै आएको थियो । मेहनत गर्ने मानिसको अभाव, जलवायु परिर्वतन र शहरीकरणले गर्दा परम्परागत अन्नबाली लोप हुँदै गएको कृषक हिताङ्ग बताउँछन् ।  कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन । समुदायका आश्रित व्यक्तिमा काम गर्ने क्षमता छैन । गोरुले जोत्ने खेतबारीमा अहिले ट्र्याटरबाट  खनजोत हुन्छ । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ । परम्परागतरुपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै  आएका छन् । पुराना अन्नबाली फापर, कोदो, जौ, तिल, भटमास, सिलामलगायत अन्नबाली वर्षेनी संकटमा परेको तानसेन नगरपालिका छापकी नरिसरा गाहा बताउँछन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन, बुढापाका पुस्ताका मानिसले मात्र रैथानेबाली कोदो, फापर, गहुँ उत्पादन गरिरहेको उनको भनाइ छ ।  पछिल्ला वर्ष छिटो आम्दानी दिने उन्नत जातका अन्नबालीप्रति किसानले चासो बढाउन थालेका छन् ।  रैथाने अन्नबालीको उत्पादन वृद्धि प्रोत्साहनको अभावमा लोप हुने  अवस्थामा पुगेकाले सरकारले विशेष चासोका साथ बीउ संरक्षण गरी उत्पादन वृद्धिमा चासो दिनुपर्नेमा स्थानीयवासी कमल भण्डारी जोड दिन्छन् । १०/१२ वर्षअघिसम्म कोदो र फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनकोे उत्पादनमा कमी भए पनि बजारमा माग भने बढ्दो छ । निकै स्वादिलो परिकारका रुपमा कोदाको रोटी र ढिलोलाई लिइन्छ । रैथाने अन्नबालीको उत्पादन बढाउन सके स्वदेशका ठूला होटल तथा विदेशमा समेत निर्यात गर्न सकिनेमा उनी जोड दिन्छन् । रासस

अन्नबाली छाडेर माछापालन, वन्यजन्तुबाट जोगिने, राम्रो कमाइ

अन्नबाली लगाउँदा बन्यजन्तुले नोक्सान पु¥याएपछि नवलपरासी पूर्व (नवलपुरको) मध्यवर्ती क्षेत्र आसपासका बासिन्दा माछापालनतर्फ लागेका छन् । जिल्लाको मध्यवर्ती आसपासका बासिन्दाले विकल्पको रुपमा माछापालनलाई रोजेका हुन् । कावासोतीको पिठौली , साँढ , मगरकोट , अमलटारी , देवचुली नगरपालिका , गैंडाकोट नगरपालिका , मध्यबिन्दु नगरपालिकाको मध्यवर्ती आसपासका बासिन्दा अहिले माछा पालनतर्फ लागेका छन् । धान , मकै , गहुँ ,तोरी लगायतका अन्नबाली लगाए पनि स्याहार्ने बेलामा निकुञ्जबाट पसेका जंगली जनावार , गैंडा , भालु , बँदेल , मजुरले खाइदिएर क्षती पु¥याउने गर्दा हैरान भएका यहाँका बासिन्दा विकल्पमा माछापालनतर्फ आकर्षित भएका हुन् ।

वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती सुरू

अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती सुरू गरेकी छन्। वर्षैपिच्छे बारीमा लगाएको तरकारी, अन्नबाली उत्पादन हुन थालेपछि वन्यजन्तुले सखापै पारिदिँदा मनमा सधैँ पीडा बोकेर बसेकी भण्डारीले अहिले कागती खेती सुरू गरेपछि अहिले उनी वन्यजन्तुको तनावबाट मुक्त हुनाका साथै राम्रो आम्दानी पनि…