बाँदरको उपद्रोले अब मान्छे मात्र होइन, घरपालुवा पशुले समेत दु:ख पाउन थालेका छन् । बाँदरले घरपालुवा पशुमाथि गरेको अत्याचारको उजुरी भोजपुरबाट अहिले सिंहदरबार आइपुगेको छ ।नेकपा माओवादी केन्द्र भोजपुरले जिल्ला प्रशासन कार्यालयमार्फत् एक महिनाअघि गरेको उजुरीमा बाँदरले घरको खानेकुरा र अन्नबाली चोरेको मात्र हैन, घरमा पालेका पशुलाई करणी गरेको ब्यहोरा पनि उल्लेख छ । बाँदरको उपद्रो कुन हदसम्म बढेको छ भन्ने पछिल्लो उजुरी हो बाँदरले गर्न थालेको चौपाया करणी । मान्छेमाथि त बाँदरले आतङ्कको कहर नै सिर्जना गरेको छ ।रुनु कि हाँस्...