वर्षा भएपछि किसान उत्साहित

फुङ्लिङ, १३ चैत । लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्रायः प्रत्येक साँझ–बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान उत्साहित भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का सन्तकुमार लिम्बू अहिले अलैँची बगानमा सिँचाइ गर्न नपरेकाले बिहीबार सदरमुकाम फुङ्लिङ बजारमा आइपुगेका छन् । कात्तिकको तेस्रो सातादेखि […]

सम्बन्धित सामग्री

वर्षासँगै किसान उत्साहित

वर्षा भएपछि तनहुँका कृषकहरू खुसी भएका छन् । मङ्गबार साँझदेखिको वर्षाले किसानलाई राहत पुगेको छ । वर्षाले आकाशे पानीको भर पाखो बारीमा खेती गरिने मकै, अदुवा, पिँडालु, हलेदो र तरकारी खेतीलाई सहयोग पुर्याएको छ ।

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

सोलुखुम्बु - हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षातले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षात तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् ।  हिउँदे वर्षा नहुँदा ...

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

सोलुखुम्बु - हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षातले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षात तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् ।  हिउँदे वर्षा नहुँदा ...

धानको उत्पादनसँगै मूल्य बढ्दा किसान उत्साहित

मोरङ – अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा यो साल धान उत्पादन बढेको छ । मौसम अनुकूल रहनु, पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मलको उपलब्धता, उन्नत जातको बीउको प्रयोग र रोग कीराको प्रकोप कम भएका कारण धान उत्पादन वृद्धि भएको कोशी प्रदेश सरकारले जनाएको छ । कोशी प्रदेशमा यसपटक रु १३ लाख […]

खोटाङमा ७० प्रतिशत रोपाई सकियो

खोटाङमा साउन लाग्दा ७० प्रतिशत रोपाई सकिएको छ । जिल्लाको १२ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएकामा सोमबारसम्ममा नौ हजार २८ हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।असारमा पर्याप्त वर्षा भएका कारण खोटाङमा विगतको तुलनामा चाँडो रोपाइ भएको हो । बेलामा धान रोप्न पाउँदा किसान उत्साहित छन् । जिल्लाको लेकाली क्षेत्रमा रोपाइ सकिएको र बेँसीमा धमाधम रोपाइ जारी रहेको ज्ञान केन्द्रले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिकामध्

वर्षाले किसानलाई राहत

लामो समयको खडेरीपछि शनिबार र आइतबार पर्वतका बिभिन्न स्थानमा भएको वर्षाले किसानलाई राहत भएको छ । गहुँ, फापर, तोरीलगायत बाली भित्र्याउने र मकै तथा बेमौसमी तरकारी रोप्ने समयमा वर्षा भएपछि किसान उत्साहित छन् । हिउँदको समयमा खोलानालामा पानीको सतह घट्ने, पानीका मूल पनि सुक्ने हुँदा लेकाली बस्तीमा सिँचाइको अभाव हुन्छ । हिउँदे वर्षा भएमा मात्रै मकै खेती गर्ने किसानका लागि २ दिनसम्म लगातार परेको वर्षाले राहत मिलेको छ । सुक्खा खेतबारी वर्षाले भिजेपछि किसान खेतबारी खनजोत गरी तरकारी तथा मकै बाली लगाउन व्यस्त छन् ।

वर्षाले अलैंचीखेती गर्ने किसान उत्साहित

ताप्लेजुङ । ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान उत्साहित भएका छन् । जिल्लाको प्रमुख नगदे बालीको रूपमा रहेको अलैंचीखेतीमा सिँचाइ गर्ने बेला वर्षा भएपछि किसान हर्षित भएका हुन् । हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ । अलैंची सिँचाइमा मूल/कुलोको भन्दा आकाशे पानी राम्रो हुने किसान बताउँछन् । जिल्लामा गत शुक्रवार र शनिवार वर्षा भएपछि हिमपात समेत भएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका बिर्खबहादुर लिम्बूले अलैंचीलाई सिँचाइ आवश्यक भएका बेला वर्षा भएकाले ठूलो राहत मिलेको बताए । अलैंची फूल फुल्ने र नयाँ टुसा आउने समयमा वर्षा भएकाले उत्पादन राम्रो हुने उनको भनाइ छ । मङ्सिरपछि किसानले अलैंचीबाली सिँचाइ गर्ने गर्दछन् । यो समयमा औल क्षेत्रमा अलैंची फुल्न थालेको र लेक क्षेत्रमा पूmल तथा टुसा पलाउने समय भएकाले वर्षाले फाइदा पुर्‍याएको किसान बताउँछन् ।      यस्तै अन्य फलफूल तथा तरकारीखेतीलाई पनि वर्षाले फाइदा पुर्‍याएको छ । यतिबेला आलुखेतीको मौसम भएकाले वर्षाले फाइदा पुगेको हो । हिउँदमा बेला–बेलामा वर्षा भइदिँदा अलैंचीसहित फलपूmल, तरकारीलगायतका बालीलाई फाइदा पुग्ने र उत्पादन राम्रो हुने किसानको भनाइ छ । जिल्लाका ९ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैंची खेती गरिन्छ । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा चार हजार ३०२ हेक्टर क्षेत्रफलमा अलैंचीखेती गर्ने गरिएको छ । रासस

लमजुङमा धान उत्पादनमा वृद्धि

लमजुङ । लमजुङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका बीउ लगाएकाले यस वर्ष धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले बताएको छ । केन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार यस वर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिकटन धान उत्पादन भएको छ । गतवर्ष १४ हजार २८० हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीबाट ४४ हजार ४२५ मेट्रिकटन धान उत्पादन भएको थियो ।   गतवर्षको तुलनामा यो वर्ष २० हेक्टर क्षेत्रफल कम जमिनमा धानखेती गरिए पनि ३५१ मेट्रिकटन उत्पादन वृद्धि भएको केन्द्रका सूचना अधिकारी रेग्मीको भनाइ छ । यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि जिल्लाका किसान उत्साहित भएका छन् । मौसम राम्रो भएको र समयमै पानी भएकाले उत्पादन राम्रो भएको रेग्मीले बताए । केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/७६ मा जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार १५५ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा १४ हजार ७९१ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४४ हजार ५४५ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा १४ हजार ४९६ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४३ हजार ८३० मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा भोर्लेटार, चक्रतीर्थ, धमिलिकुवा, साइलीटार, अल्काटार, भोटेओडार, अलैंचेफाँट रामचोकबेँसीलगायत क्षेत्रमा बढी धान उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्रले बताएको छ । रासस

बिहुँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याई

एक साताअघि वर्षासँगै हिमपात हुँदा बिहुँका किसानलाई चिन्ता थियो, ‘बोटमै रहेका सुन्तला स्याहार्न पाइएला कि हिउँले मास्ने होला ?’ रातभर वर्षा हुँदा आसपासमा देखिने डाँडाकाँडा ढाकिए । बिहुँमा पनि हिमपात हुन्छ भनेर किसानले सुन्तलाको माया मारिसकेका थिए । फसल लिने बेलाको सुन्तलामा हिउँ परे कामै लाग्दैन । झरेको भए व्यापारीले लाने थिएनन् । संयोग सुन्तला बगानको केही माथिसम्म भएको हिमपातले बगान प्रवेश गरेन । किसान उत्साहित छन् ।