अन्नबाली लगाउँदा बन्यजन्तुले नोक्सान पु¥याएपछि नवलपरासी पूर्व (नवलपुरको) मध्यवर्ती क्षेत्र आसपासका बासिन्दा माछापालनतर्फ लागेका छन् ।
जिल्लाको मध्यवर्ती आसपासका बासिन्दाले विकल्पको रुपमा माछापालनलाई रोजेका हुन् । कावासोतीको पिठौली , साँढ , मगरकोट , अमलटारी , देवचुली नगरपालिका , गैंडाकोट नगरपालिका , मध्यबिन्दु नगरपालिकाको मध्यवर्ती आसपासका बासिन्दा अहिले माछा पालनतर्फ लागेका छन् ।
धान , मकै , गहुँ ,तोरी लगायतका अन्नबाली लगाए पनि स्याहार्ने बेलामा निकुञ्जबाट पसेका जंगली जनावार , गैंडा , भालु , बँदेल , मजुरले खाइदिएर क्षती पु¥याउने गर्दा हैरान भएका यहाँका बासिन्दा विकल्पमा माछापालनतर्फ आकर्षित भएका हुन् ।