काठमाण्डाै – निर्वाचन आयाेगले सहरी विकास मन्त्री मेटमणि चाैधरीलाई स्पष्टीकरण साेधेकाे छ । निर्वाचन आचारसंहिता विपरीत दाङकाे थारु बस्तीमा बाढी पीडितका नाममा राहतअन्तर्गत चामल बाँडेकाे भन्दै आयाेगले मन्त्री चाैधरीलाई स्पष्टीकरण साेधेकाे हाे ।
‘निर्वाचन आचारसंहिता २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितको नाममा चामल वितरण गर्ने ...