काठमाडौं : निर्वाचन आयोगले उपराष्ट्रपति चुनावको मौन अवधिमा निर्वाचन संहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसलाई बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको छ।मौन अवधिमा जसपाका उम्मेदवारलाई मत हाल्ने निर्णय गरेको समाचार सञ्चारमाध्यममा आएको आधारमा स्पष्टीकरण सोधिएको निर्वाचन आयोग स्रोतले जनाएको छ। सञ्चारमाध्यममा कांग्रेसले निर्वाचन संहिताप्रतिकूल हुने गरी निर्णय गरेको आएपछि त्यसबारे स्पष्टीकरण सोधिएको स्रोतले बतायो। स्रोतका अनुसार २४ घण्टाभित्र निर्णयको प्रतिलिपिसहित जवाफ पठ