निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन कञ्चनपुर-१ मा उम्मेदवारी दिएकी बिना मगरलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ । मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । मगरले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो ।निर