निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो। भट्टराईसहित गोरखाको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृतलाई समेत स्पष्टीकरण सोधेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। ‘मतपत्र गोप्य हुन्छ। गणना निष्पक्ष र स्वतन्त्र हुन्छ भन्ने कानुनी व्यवस्था छ। बाबुराम भट्टराईज्यूले मतपत्र सार्वजनिक गर्नु भयो,’ रातोपाटीसँग कुरा गर्दै थपलियाले