सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त हुनुभएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले शाहीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।
धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त भएका छन्। २९ सांसदको समर्थन सहित बुधवार साँझ दाबी पेश गरे सँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। रावलले एमालेसँगै माओवादी केन्द्र र नागरिक उन्मुक्तिका र राप्रपा गरी कम्तीमा २९ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियूक्ति भएका हुन्। ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउँन २७ […]
काठमाडौं, २७ पुष । सुदूरपश्चिम प्रदेशको सभामुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावलले उम्मेद्वारी दिएका छन्। रावलको समर्थकमा मेघराज खड्का रहेका छन् भने प्रस्तावकमा पृथ्वीबहादुर सिंह रहेका छन्। यस्तै सत्तागठबन्धबाट पनि उम्मेद्वारी दिने तयारी रहेको छ। सत्तागठबन्धको केन्द्रीय सहमति अनुसार सुदूरपश्चिम प्रदेशको सभामुख पद माओवादीको भागमा परेको थियो।
बैतडी । बाजुरा लगायत सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज (सोमबार) बिहान ४ बजेर ३१ मिनेटको समयमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु बाजुराको जिउलेक मड्डु रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो । भूकम्पको क्षतिकाे विषयमा भने कुनै जानकारी नआएको […]
दुई वटा कानुन बनाउँदै सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन सकिएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन सकिएको हो ।प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखले पठाउनु भएको पत्र सभामुख अर्जनबहादुर थापाले पढेर सदनलाई सुनाएका थिए । प्रदेश सभाको हिउँदे अधिवेशन चैत १३ गतेबाट सुरु भएको थियो । कानुन बनाउनेअधिवेशनको रुपमा लिइने गरेको हिउँदे अधिवेशनमा जम्मा दुई वटा विधेयक पारित गरिएको छ । हिउँदे अधिवेशनले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ संशोधन गर
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो । हाल प्रतिपक्ष भूमिकामा रहेको नेपाली काँग्रेस सरकारमा सहभागी हुने भएको हो । काँग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको सरकारका प्रवक्ता समेत रहेकी कानुन मन्त्री पूर्णा जोशी जानकारी दिइन् । मंगलबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागीबारे ठोस सहमति भएको बताइएको छ । जसअनुसार आजै मन्त्रिमण्डल पुनर्
बाँके । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ । आज बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले बाँकेको कोहलपुरमा गाडी तोडफोड गरेका हुन् । बन्दकर्ताले बाँकेको बैजनाथ गाउँपालिकामा ढुंगा प्रहार गर्दा सुदूरपश्चिम प्रदेश-००१ झ ४०१ नम्बरको गाडीको सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख हिमालय साहले जानकारी दिनुभयो । काठमाडौंबाट सुदूरपश्चिम प्रदेश […]
धनगढी, १८ मंसिर । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको मतदान सकिएको छ । कुल १ हजार २६ मतदातामध्ये १ हजार ३ मत खसेको छ । सुदूरपश्चिम प्रदेश काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह क्षेत्र हो । यसकारण पनि प्रदेशको चुनाव देउवाका लागि महत्वपूर्ण छ । सुदूरपश्चिम प्रदेशमा संस्थापनबाट वीरबहादुर बलायर र इतर समूहबाट नारायण […]
नेकपा एमाले सुदूरपश्चिम प्रदेशको सहइन्चार्जमा गणेश ठगुन्ना र नारदमुनि रानालाई चयन गरिएको छ ।
कैलालीबाट प्रतिनिधि सभामा निर्वाचित राना र दार्चुलाबाट प्रतिनिधि सभामा निर्वाचित ठगुन्नालाई एमाले सहइन्चार्जको जिम्मेवारी दिएको हो ।
राना अहिले संसदीय बोर्डका सदस्य छन् भने ठगुन्ना सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा छन् ।
यसअघि नै प्रदेशको इन्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा र सचिवमा राजेन्द्र रावल चयन भइसकेका थिए ।