नेकपा एमाले सुदूरपश्चिम प्रदेशको सहइन्चार्जमा गणेश ठगुन्ना र नारदमुनि रानालाई चयन गरिएको छ ।
कैलालीबाट प्रतिनिधि सभामा निर्वाचित राना र दार्चुलाबाट प्रतिनिधि सभामा निर्वाचित ठगुन्नालाई एमाले सहइन्चार्जको जिम्मेवारी दिएको हो ।
राना अहिले संसदीय बोर्डका सदस्य छन् भने ठगुन्ना सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा छन् ।
यसअघि नै प्रदेशको इन्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा र सचिवमा राजेन्द्र रावल चयन भइसकेका थिए ।