काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बसेको हो ।
बैठकमा नेपाली कांग्रेसको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल जारी रहेको बताइएको छ ।
सरकारमा सहभागी हुने व्यक्ति, कांग्रेसको क्रियाशील सदस्यता विवादलगायत विषय चर्चामा छ ।