लन्डन । सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को कार्यालयका प्रमुखमाथि लाखौँ डलर दुरुपयोग गरेको आरोप लागेको छ ।
उक्त कार्यालयका कर्मचारीले कोभिड–१९ को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा. अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कार समेत उपहार दिएर डब्ल्यूएचओ कोषको दुरूपयोग गरेको आरोप लगाएका...