गठबन्धन टिकाउन राज्यको सम्पत्ति दुरुपयोग गरेको कँडेलको आरोप

सुर्खेत  : कर्णाली सरकारले गठबन्धन टिकाउन झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलको आरोप छ। बुधबार कर्णाली प्रदेशसभाको नवौं संसद् अधिवेशनमा बोल्दै उनले गठबन्धन टिकाउन व्यक्तिका घरको झ्यालझ्यालमा मन्त्रालयको साइनबोड टाँसेको आरोप लगाएका हुन्।  राज्यको साधान स्रोत र सम्पतिको दुरुपयोग गरी गठबन्धन टिकाउने बाटोमा हिँडेको कर्णाली सरकारले गठबन्धन टिकाउनकै लागि झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको उनले आरोप लगाए।&nb

सम्बन्धित सामग्री

पाँच मिनेट नहुँदै ताेडियो लम्की चुहा नगरपालिकाको ताला

कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा लगाइएको ताला ताेडिएको छ । सरकारी सम्पत्ति दुरुपयोग गरेको लगायतका आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टीले लगाएको ताला पाँच मिनेट नहुँदै फोडिएको हो । प्रहरीको सहयोगमा नगरपालिकाले नै ताला फोडेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शङ्कर खड्काले बताए । पुराना मोटरसाइकलहरू हुँदा हुँदा नयाँ मोटरसाइकल किनेर भ्रष्ट्राचार गरेको, […]