सुर्खेत : गत आइतबार कच्ची झोलुङगे पुलबाट लडेर जाजरकोटको नलगाड नगरपालिका–५ का राजु शाहीको मृत्यु भयो। नलगाड नगरपालिका र बारेकोट गाउँपालिका-८ को बीचमा रहेको कच्ची पुलबाट नदी पार गर्न लाग्दा शाहीको मृत्यु भएको हो। यो पुलबाट यात्रा गर्ने सबैले हरेक जीवन हत्केलामा राख्नुपर्ने अवस्था रहेको नलगाड नगरपालिका-५ का खम्मान सिंहले जानकारी दिए। यो ठाउँमा पक्की पुल निर्माण गर्न २०७८ फागुन १५ गते तत्कालीन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले शिलान्यास गरेका थिए। नेपाल मेघा
नलगाड, जाजरकोट- नलगाड नगरपालिका वार्ड नं. ७ को प्राथमिक अस्पतालको परिसरमा शुक्रबार राति गएको भूकम्पमा परेका बिरामी र उनीहरूका कुरुवा छन्। त्यहीँ छिन्- चारगाउँ, पोखरा, नलगाड नगरपालिका वडा नम्बर ५ की ६७ वर्षीया नन्दकला वली जसको तीन तले घर भूकम्पले क्षतविक्षत बनाइदियो। भूकम्प गएको बेला नातिनीसँग सुतिरहेकी उनले घर पूर्ण रूपमा ढलेपछि मात्र थाहा पाइन्। […]
भौतिक संरचनासहित सेवा प्रवाहमा समेत जाजरकोटको नलगाड नगरपालिका अब्बल भएको छ । सबै वडामा वडा कार्यालय निर्माण गरी आफ्नो भवनबाट सेवा प्रवाह गरेको नलगाड नगरपालिकाले सबै वडाबाट स्वास्थ्य सेवासमेत दिएको छ । आफ्नै भवनसहित स्वास्थ्य सेवा दिएको नलगाड नगरपालिकाले वडा नम्बर ९ र १३ मा मात्र सडक पुर्याउन बाँकी छ । वडा नम्बर १ र […]
जाजरकोट । नलगाड नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का खिमलाल जैशीले ३३४ मत प्राप्त गरेका हुन् ।
जाजरकोटमा टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइने भएको छ । पहिलो चरणमा आज शनिबारदेखि ४ वैशाखसम्म भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालन हुने भएको छ । दोस्रो चरणमा आइतबारबाट ९ वैशाखसम्म नलगाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिका खोप अभियान चल्नेछ ।शुक्रबार कुदुबाट टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरिएको थियो । भगवती माविमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र स्व
जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री छन् । त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक हुन् । घाइतेको अवस्था गम्भीर रहेक