सुर्खेत : गत आइतबार कच्ची झोलुङगे पुलबाट लडेर जाजरकोटको नलगाड नगरपालिका–५ का राजु शाहीको मृत्यु भयो। नलगाड नगरपालिका र बारेकोट गाउँपालिका-८ को बीचमा रहेको कच्ची पुलबाट नदी पार गर्न लाग्दा शाहीको मृत्यु भएको हो। यो पुलबाट यात्रा गर्ने सबैले हरेक जीवन हत्केलामा राख्नुपर्ने अवस्था रहेको नलगाड नगरपालिका-५ का खम्मान सिंहले जानकारी दिए। यो ठाउँमा पक्की पुल निर्माण गर्न २०७८ फागुन १५ गते तत्कालीन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले शिलान्यास गरेका थिए। नेपाल मेघा