नलगाड, जाजरकोट- नलगाड नगरपालिका वार्ड नं. ७ को प्राथमिक अस्पतालको परिसरमा शुक्रबार राति गएको भूकम्पमा परेका बिरामी र उनीहरूका कुरुवा छन्। त्यहीँ छिन्- चारगाउँ, पोखरा, नलगाड नगरपालिका वडा नम्बर ५ की ६७ वर्षीया नन्दकला वली जसको तीन तले घर भूकम्पले क्षतविक्षत बनाइदियो। भूकम्प गएको बेला नातिनीसँग सुतिरहेकी उनले घर पूर्ण रूपमा ढलेपछि मात्र थाहा पाइन्। […]