काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व-प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरण आजको आवश्यकता भएको बताएका छन्।सोमबार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरणका लागि संविधान सुरक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए।उनले संविधानको कार्यान्वयन गर्नको लागि धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी रहेको बताए। उनले संविधानको रक्षा र संघीय