कास्की - पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन गाडी नै बन्द गरेर काम गर्न लागेको हो ।
पोखरा—बाग्लुङ राजमार्गअन्तर्गत अहिले पोखराको हरिचोकदेखि याम्दीपुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो । यो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको छ । आयोजनाका अनुसार हरेक दिन बिहान ११ देखि तीन बजेसम्म र राति ९ बजेदेखि बिहान १ बजेसम्म गाडी रोकेर काम ...