दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भए पनि उक्त अस्पताल २०७२ सालदेखि एम्बुलेन्सबिहीन भएको हो । एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । निजी एम्बुलेन्सले महँगो शुल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ […]