सप्तरीको विष्णुपुर गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रवार पद तथा गोपनीयताबको सपथ लिदै कार्यभार सम्हालेका छन् । उक्त गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट लिलाम्बर यादव र जंजिरादेबी यादब बिहीवार विजयी एका थिए ।
जुम्ला-कर्णाली प्रदेशका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित स्थानीय सरकार सञ्चालनसम्बन्धी तीनदिने अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । नवनिर्वाचित जनप्रतिनिधिलाई सरकार संचालनका उपाय सिकाउन प्रदेश राजधानी सुर्खेतमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।निर्वाचित भएको महिनादिन पुग्न लागेको र कार्यभार सम्हाले पनि स्थानीय सरकार सञ्चालनको मेसो नभई अलमलमा परेका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम निकै उपलब्धिमूलक बनेको छ […]
काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले उपत्यकाको फोहोर व्यवस्थापन नभएसम्म फूलमाला र टीका ग्रहण नगर्ने घोषणा गरे। गत सोमबार सपथ ग्रहण गरेर कार्यभार सम्हाले र साेही दिन सो घोषणा पनि गरे।तर, यतिबेला काठमाडौं उपत्यकाका सडक, चोक-चोकमा फोहोरको डंगुर थुप्रिन थालेको छ। उपत्यकाको फोहोर विसर्जन स्थल नुवाकोट सिसडोलका स्थानीयले विभिन्न माग राख्दै फोहोर फ्याँक्न नदिएसँगै उपत्यकामा फोहोर थुप्रिन थालेको हो।स्थानीयकाे आन्दोलन, सडकको अवस्था, फोहोर फ्याक्ने ठाउँको अभावका कार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्। मेयर भएपछि उनले पहिलो पटक प्रधानसेनापतिसँग भेट गरेका हुन्। मेयरको शपथ लिएर कार्यभार सम्हाले लगत्तै सैनिक मुख्यालय जंगीअड्डा गएर उनले भेट गरेका हुन्।
वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले कार्यभार सम्हालेका छन् । वीरगन्जको पुरानो वसपार्कमा आयोजित पद तथा गोपनीयताको सपथ ग्रहणपछि सिंहले कार्यभार सम्हालेका हुन् ।
मेयर सिंहले सपथ ग्रहण गरेको २४ घन्टाभित्र...
सुनसरी । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (हर्क सम्पाङ) ले मंगलबार कार्यभार सम्हाल्नु भएको छ । आफ्ना समर्थकहरुको साथमा उपमहानगरपालिका प्रवेश गर्नु भएका उहाँलाई कर्मचारीहरुले भब्य स्वागत गरेका थिए । कर्मचारीको स्वागत पश्चात् कार्यकक्षमा प्रवेश गरि उहाँले कार्यभार सम्हाल्नु भएको हो । मेयर राईलाई उपमेयर अइन्द्रबिक्रम बेघा लगायतले स्वागत गरेका थिए । कार्यभार सम्हाल्नु […]
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत जनप्रतिनिधीहरुले सपथ लिएर कार्यभार सम्हालेका छन् । नगर प्रमुख विष्टलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले सपथ गराउनुभयो । सपथ लिएपछि विष्टले नवनिर्वाचित नगर उपप्रमुख कमरुद्दिन राई, २३ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुलाई सपथ गराउनुभएको थियो । […]
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले आफ्नो कार्यभार सम्हालेका छन् । कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेसँगै उनले कार्यभार सम्हालेका हुन् । बुधबार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम उनलाई सपथ गराएका हुन् ।
माघ १३, विराटनगर । मुलुककै जेठो व्यापारिक तथा औद्योगिक संगठन मोरङ व्यापार संघको अध्यक्षमा नविन रिजाल सर्बसम्मत चयन भएका छन् ।
गत पुस २० गते भएको निर्वाचनमा कार्य समितिका लागि १६ सदस्य निर्विरोध निर्वाचित भएका थिए । ती १६ जना सदस्यहरुबाट रिजाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । उनलाई बिहीवार नै निबर्तमान अध्यक्ष प्रकाश मुन्दडाले पदभार ग्रहण गराएका छन् ।
१६ सदस्यीय समितिको बैठकले वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार सारडा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल शाहलाई निर्वाचित गरेको छ । संघको सचिवमा भने सञ्जय श्रेष्ठ र कोषाध्यक्षमा राजेश बगडिया चयन भएका छन् ।
संघको सदस्यहरुमा अमित सारडा, विनित सिंघानियाँ, मनिष मारु, श्याम राठी, सुशील सुराना, आशिष जाजू, दीपेश सुवेदी, देवाशिष गोल्छा, पवन राठी, चन्द्र भट्टराई रहेका छन् । यस्तै अध्यक्ष रिजालले अमित राठी र विवेक अग्रवालाई सदस्यमा मनोनित गरेका छन् । वस्तुगततर्फको संघको सदस्यहरुमा अरविन्द अग्रवाल र गोपाल अग्रवाल रहेका छन् ।
संघमा बन्दना जैन र ओमप्रकाश शर्मा भने आमन्त्रित सदस्य बनेका छन् । रिजाल यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । उनी ‘रिजालको’ ब्रान्डका पानीटङ्की, पाइप, एलपी ग्यास आदिका सञ्चालक हुन् । २००७ सालमा स्थापना गरिएको र नेपालकै पहिलो उद्योग वाणिज्य संघका रूपमा दाबी गरिएको व्यापार संघमा रिजाल ३३ औं कार्यसमितिका अध्यक्ष भएका हुन् ।
रिजालले दोहोर्याए पुरानै १७ बुँदे प्रतिबद्धता
नवनिर्वाचित मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले १७ बुँद्धे प्रतिवद्धता पनि घोषणा गरेका छन् । जुन विगतदेखि नै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी र तीनका संगठनहरुले उठाउदै आएका छन् ।
तर रिजालले कार्यान्वयन गराई छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीवार आयोजित पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रिजालले सरकारको पूँजीगत खर्च गराउन संघले दबाबमूलक कार्यक्रम गर्ने र मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि जोडदार पहल गरिने बताए ।
उनले तीव्र औद्योगीकरण लागि जोड दिंदै तरला अभाव, अस्थिर ब्याजदर, विद्युत् जस्ता जस्ता समस्या समाधानमा जोड दिने बताए । संघद्वारा संचालित ‘मेरो देश, मेरै उत्पादन’ अभियान अन्तर्गत व्यापार घाटा न्यूनीकरण तथा रोजगारी अभिवृद्धि योजना अगाडि बढाउने अध्यक्ष रिजालले बताए ।
विराटनगर नाका जोड्ने भारतको मीरगञ्ज पुलका समस्याहरू यथाशीघ्र निराकरण गर्न पहल गर्ने उनको भनाइ छ । उनले आफ्नो कार्यकालभरी औद्योगिक क्षेत्रको स्थापनाका लागि समन्वयात्मक भूमिका निर्वाह गरिने बताए ।
क्षेत्रीय विमानस्थल निर्माण लागि पहल गरिनुको साथै प्रदेश नं १ मा धार्मिक, मेडिकल एवम् खेलकूद पर्यटन तथा कृषि क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकारसँग पहल गर्ने उनले बताए । स्थानीय बजार प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम संघले सञ्चालन गर्ने तयारी गरिएको उनले सुनाए ।
स्टार्टअपको प्रवर्द्धनका लागि कार्यहरू अघि बढाउनुको साथै सीमा क्षेत्रसहित अन्तरराष्ट्रिय उद्योग वाणिज्य संघहरूसँग समन्वय गर्ने योजना रहेको पनि उनले बताए ।