नेपालगञ्ज उपमहानगरका जनप्रतिनिधिहरुले सम्हाले पदभार

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत जनप्रतिनिधीहरुले सपथ लिएर कार्यभार सम्हालेका छन् । नगर प्रमुख विष्टलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले सपथ गराउनुभयो । सपथ लिएपछि विष्टले नवनिर्वाचित नगर उपप्रमुख कमरुद्दिन राई, २३ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुलाई सपथ गराउनुभएको थियो । […]