चिया किसानलाई मल र मूल्यकै समस्या

इलाम । देउमाई नगरपालिका तीनका ढाकाराम अधिकारीको चिया मजदुर हुन । उनको दैनिकी डोको बोकेर चिया टिपेर, बेचेर दैनिकी चलाउँदै आएका छन् । उनी एक दुई पैसा हुन्छ कि भन्ने आसमा चिया मजदुरी गरी रहेका छन् । मजदुरीबाट आएको पैसाले छोराछोरी पढाउन देखी घर खर्च चलाउन सम्म धान्नु पर्ने हुन्छ । उनी भन्छन्, ‘चियाको मूल्यमात […] The post चिया किसानलाई मल र मूल्यकै समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

किसानलाई मल बीउभन्दा बाँदर आतङ्क समस्या

भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ छ । वैकल्पिक बाली लगाउँदासमेत बाँदरले हैरान पारेपछि जमिन बाँझो छाड्न बाध्य भएको …

कृषिमन्त्रीलाई भेटेर पौडेलले भने, ‘धान दिवसमा शुभकामना होइन, किसानलाई मल दिऔँ’

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले रोपाई गर्ने बेला किसानलाई मलको समस्या नहुने व्यवस्था गर्न माग गरेका छन् । अहिले किसानले खेतीबाली लगाउने मौसम छ । तर, किसानले मल अभावको समस्या भोगिरहेका छन् । नेता पौडेलले धान दिवसको सन्दर्भमा बुधबार कृषि तथा पशुपन्छीमन्त्री महेन्द्र राय यादवलाई भेटेर रोपाई गर्ने बेला मल अभावको समस्या भोगिरहेका किसानको समस्या तत्काल समाधान गर्न माग गरेका हुन् ।

किसानलाई मल उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाइयो

उद्योग व्यापार संगठन रुपन्देहीले  किसानहरुका समस्या सम्बोधन माग गर्दै १२ बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठनले बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, सिद्धार्थनगर नगरपालिका र कृषि ज्ञान केन्द्र रुपन्देहीमा ज्ञापनपत्र बुझाइएको हो ।किसानहरुलाई रासायनिक मल छिटो उपलब्ध गराउनलगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

सरकारलाई संसदको निर्देशन : किसानलाई मल दिन सम्भाव्य सबै उपाय लगाऊ

३० जेठ, काठमाडौं । प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार नेकपा एमालेका सांसद विशाल भट्टराईले पेश गरेको रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव सर्वसम्मतिले पारित गर्दै प्रतिनिधिसभाले सरकारलाई यस्तो निर्देशन दिएको छ । ‘कुल ग्रार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रक समस्या समधान […]

किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग

काठमाडौँ,२९ जेठ । खेतीको समयमा पनि किसानले मल नपाएको र शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दासमेत विद्यार्थीले पुस्तक नपाएको भन्दै सांसदहरुले तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल बीउ नपाएको र विद्यार्थीले पुस्तक नपाएको भन्दै यथाशीघ्र किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन […]

खतिवडाको प्रश्न- सरकारले तत्काल किसानलाई मल उपलब्ध गराउन सक्छ कि सक्दैन ?

सांसद नारायणप्रसाद खतिवडाले तत्काल किसानलाई मल उपलब्ध गराउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले किसानले हरेक वर्ष मल अभाव झेल्दै आएको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरे । कालोबजारीमार्फत किसानले महंगोमा मल खरिद गर्नुपरेमा पनि सरकारले मलको समस्या र कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै उनले प्रश्न गरे, ‘सरकारले किसानलाई तत्काल सरकारले मल उपलब्ध गराउन सक्छ कि सक्दैन

लिङ्देनले भने- नीति कार्यक्रममा किसानलाई मल दिने कुरा खोइ?

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं सांसद राजेन्द्र लिङ्देनले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमले जनताको समस्या सम्बोधन गर्न नसकेको दाबी गरेका छन्। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै लिङ्देनले जनताको समस्या समाधानमा भन्दा पनि ठूला नेताको क्षेत्रमा अनाआवश्यक योजना पार्न बजेट केन्द्रित भएको बताएका हुन्। ‘प्रधानमन्त्रीको जिल्लामा मेडिकल कलेज बनाउने, […]

नटुङ्गिने मल समस्या

केही समययता खाद्यान्नमा निरन्तर मूल्य वृद्धि भइरहेको छ । यसको कारणको रूपमा रसियाले युक्रेनमाथि आक्रमण गर्नु हो । रसिया–युक्रेन तनाव अझै कायम रहेकाले मूल्य वृद्धि कतिसम्म पुग्छ भन्ने यकिन छैन । जसका कारण मूल्य वृद्धिलाई एकल अंकमा राख्न हम्मेहम्मे पर्ने देखिएको छ । तत्कालका लागि आम्दानी वृद्धि गर्ने क्षेत्र भनेको कृषि नै हो । किनभने कृषि बालीबाट उत्पादन लिन अन्य क्षेत्रभन्दा सबभन्दा कम समय लाग्छ । यहीबेला नेपालको कृषि क्षेत्रलाई सुधार गर्ने अवसर पनि आएको छ । आयातित खाद्यान्नमा भर पर्दा जुनसुकै बेला संकट आउन सक्दो रहेछ भन्ने अहिलेको उदाहरणबाट पुष्टि हुन्छ । तर चैते बालीका लागि रासायनिक मलको अभाव भएको खबर आएको छ । विश्वमा कृषि उत्पादनका लागि आधुनिक प्रविधि र उपकरण प्रयोग हुन थालेको वर्षौं भयो । त्यसैले त आज ती देशमा कृषिले निकै फड्को मारेको छ । ती देशमा ४–५ प्रतिशत मान्छे आवद्ध कृषिले अन्य बाँकी जनसंख्यालाई चाहिने खाद्यान्न बाली पुर्‍याउन सकेका छन् । कृषि क्षेत्रमा भइरहेको यस्तो प्रगति र परिवर्तनबारे नेपालका अधिकांश नीति, निर्मातालाई राम्रो ज्ञान छ । नीति, निर्माण तहमा बस्नेहरू नेपालको सम्भावनाको रूपमा कृषि क्षेत्रलाई लिन्छन् पनि । तर व्यवहार भने कृषि क्षेत्रलाई बढावा दिने खालको नभई कृषि पेशामा लाग्न खोज्नेलाई निराशा बनाउने खालको छ । कृषि प्रधान भनिएको मुलुकमा ६५ प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आवद्ध हुँदासमेत तिनैलाई गुजारा चलाउने गरी उत्पादन हुन सकेको छैन । चैते बाली लगाउने बेला किसान रासायनिक मल नपाएर हाहाकारको अवस्थामा छन् । सरकारी अनुदानको रासायनिक मल ल्याउने ठेक्का पाएका कम्पनीहरूले मल ल्याउन नसक्दा चैते बाली प्रभावित हुने देखिएको छ । किसानलाई जुनसुकै हालतमा रासायनिक मल नभई नहुने अवस्थामा पुग्दा सत्ताको बागडोर सम्हालेकाहरू भने जसरी हुन्छ आफ्नो फाइदा लिने दौडमा देखिन्छन् । यस्तो श्रृङ्खलाको पछिल्लो उदाहरण सरकार नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाउने खेलमा लाग्नुलाई लिन सकिन्छ । यतिखेर अर्थतन्त्रका सूचक सामान्य छैनन् भन्ने यथार्थ जगजाहेर नै छ । खासगरी आम्दानीभन्दा खर्च बढी हुँदा समस्या देखिएका हुन् । त्यसैले त अहिले जसरी हुन्छ आम्दानी वृद्धि गर्न जरूरी छ । तत्कालका लागि आम्दानी वृद्धि गर्ने क्षेत्र भनेको कृषि नै हो । किनभने कृषि बालीबाट उत्पादन लिन अन्य क्षेत्रभन्दा सबभन्दा थोरै समय लाग्छ । नेपालले आम्दानी गर्ने क्षेत्रका रूपमा चिनिएको पर्यटन लयमा फर्किसकेको छैन । नेपालले लाभ लिनसक्ने अर्को क्षेत्र जलविद्युत् हो । तर जलविद्युत्बाट आम्दानी लिन पनि लामो अवधि नै पर्खनु पर्छ । यी सबै पक्षलाई केलाउँदा तत्काल उत्पादन गरेर लाभ लिनसक्ने क्षेत्र कृषि नै हो । तर कृषिमा मल, बीउ, सिँचाइ जस्ता सुविधा नहुने हो भने कसरी उत्पादन वृद्धि हुन सक्छ ? कृषि उत्पादनका लागि मल, बीउ, सिँचाइ नभई नहुने हुन् भन्ने कुरा नीति निर्माण तहमा बस्नेले किन बुझ्न नसकेको भन्ने प्रश्न वर्षौंदेखि टड्कारो रूपमा रहेको छ । मल, बीउ, सिँचाइको जोहो गर्ने दायित्व सरकारको हो । अहिलेकै सन्दर्भमा किसानलाई मल, बीउ, सिँचाइको व्यवस्था मिलाउने दायित्व सरकारको हो । यसमा राष्ट्र बैंकका गभर्नरको भूमिका हुँदैन । आफूले गर्नुपर्ने दायित्व पूरा नगर्ने तर दोष जति अरूलाई थोपर्ने कार्यशैली कुनै पनि हालतमा मान्य हुन सक्दैन । सरकारले जो कोहीलाई त्यतिबेला प्रश्न गर्न सक्छ, जतिबेला ऊ सही बाटोमा हुन्छ । उत्पादन वृद्धि आवश्यक छ भन्ने भाषण त्यतिबेला  स्वीकार्य हुन्छ, जतिबेला सरकारी निकायबाट किसानलाई कम्तीमा मल, बीउ र सिँचाइको सुविधा पुर्‍याउने व्यवस्था गरिएको हुन्छ । नेपालमा मल कारखाना स्थापना गर्नुपर्छ भन्ने आवाज वर्षौंदेखि उठ्दै आएको हो । मल कारखानाका लागि आवश्यक पर्ने विद्युत् नेपालमा उत्पादन हुन थालेको छ । तैपनि मल कारखाना स्थापना भएको छैन । कहिले विश्व बजारमा मल नपाएको र कहिले ठेकेदारले समयमै ढुवानी गरेन भन्दै बसिरहने हो भने नेपालको कृषि क्षेत्रमा सुधार हुने सम्भावना हुँदैन । त्यसैले अहिलेको आवश्यकता कृषि क्षेत्रमा लगानी बढाई कम्तीमा मल, बीउ, सिँचाइको सहज उपलब्ध र व्यवस्थापन गर्नु हो ।

किसानलाई मल बिउको माग गर्दै जनमत पार्टीको ज्ञापन

राजविराज, पुस २६। किसानहरुको माग अघि सार्दै आन्दोलनरत जनमत पार्टीले यहाँका स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउदै अबिलम्ब समस्या समाधानका लागी पहल गर्न माग गरेका छन् । यसैक्रममा आईतवार सो पार्टीले राजविराज नगरपालिकामा किसानहरुले भोग्नुृ परिरहेको समस्या समाधानका लागी पहल गर्न ११ बुदें ज्ञापन पत्र बुझाएका छन् । जनमत पार्टीका नगर अध्यक्ष सुजित कुमार मण्डलको नेतृत्वमा […]

किसानलाई मल बिउको माग गर्दै जनमत पार्टीको ज्ञापन

सप्तरी, राजविराज । किसानहरुको माग अघि सार्दै आन्दोलनरत जनमत पार्टीले यहाँका स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउदै अबिलम्ब समस्या समाधानका लागी पहल गर्न माग गरेका छन् । यसैक्रममा आईतवार सो पार्टीले राजविराज नगरपालिकामा किसानहरुले भोग्नुृ परिरहेको समस्या समाधानका लागी पहल गर्न ११ बुदें ज्ञापन पत्र बुझाएका छन् । जनमत पार्टीका नगर अध्यक्ष सुजित कुमार मण्डलको नेतृत्वमा […] The post किसानलाई मल बिउको माग गर्दै जनमत पार्टीको ज्ञापन appeared first on राजधानी राष्ट्रिय दैनिक.