किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग

काठमाडौँ,२९ जेठ । खेतीको समयमा पनि किसानले मल नपाएको र शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दासमेत विद्यार्थीले पुस्तक नपाएको भन्दै सांसदहरुले तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदले किसानले मल बीउ नपाएको र विद्यार्थीले पुस्तक नपाएको भन्दै यथाशीघ्र किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन […]

सम्बन्धित सामग्री

किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग

नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छिन्।...

किसानलाई मल उपलब्ध गराउन सांसदको माग

काठमाडौँ– प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् ।  सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताए । सांसद विष्णु शर्माले सरकारले मङ्सिर पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैँ किसानले मल नपाएको बताए […]

किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन माग गर्दै धर्ना

किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले सोमबार कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । ‘कृषि प्रधान देशमा किसानलाई मल, बीउबिजन उपलब्ध नहुनु बिडम्बना हो । माना रोपेर मुरी फलाउने बेलामा सरकार कानमा तेल हालेर बसेको छ ।यसकारण कृषि ज्ञान केन्द्रमार्फत हामी सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं,’ पाँचथर जिल्ला आन्दोलन परिचालन समितिका संयोजक राजकुमार जोशीले घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै भने ।‘एकातिर चर्को मूल्य वृद्धि छ भने अर्कोतिर

किसानलाई मल उपलब्ध गराउन माग गर्दै राप्रपाद्वारा कृषि ज्ञानकेन्द्र घेराउ

वीरगञ्ज – किसानलाई सहज रुपमा मल उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले सोमबार कृषि ज्ञान केन्द्रमा धर्ना दिँदै घेराउ गरेको छ। किसानलाई मल, बिउबिजन उपलब्ध गराउन माग गर्दै पार्टी कार्यालयबाट  र्‍यालीसहित निस्केका राप्रपाका नेता कार्यकर्ताले श्रीपुरमा रहेको कृषि ज्ञान केन्द्र पर्सामा दुई घण्टा धर्ना दिँदै घेराउ गरेका थिए। धर्नामा सहभागी भएका नेता–कार्यकर्ताले किसानलाई […]

किसानलाई मल उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाइयो

उद्योग व्यापार संगठन रुपन्देहीले  किसानहरुका समस्या सम्बोधन माग गर्दै १२ बुँदे ज्ञापनपत्र बुझाएको छ । संगठनले बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, सिद्धार्थनगर नगरपालिका र कृषि ज्ञान केन्द्र रुपन्देहीमा ज्ञापनपत्र बुझाइएको हो ।किसानहरुलाई रासायनिक मल छिटो उपलब्ध गराउनलगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।

किसानलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले कृषकहरुलाई यथाशिघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गरे । उनले भने– ‘माननिय सदस्यहरु खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्नेगरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले खेतिको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकार सँग माग गरेका थिए ।

खतिवडाको प्रश्न- सरकारले तत्काल किसानलाई मल उपलब्ध गराउन सक्छ कि सक्दैन ?

सांसद नारायणप्रसाद खतिवडाले तत्काल किसानलाई मल उपलब्ध गराउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले किसानले हरेक वर्ष मल अभाव झेल्दै आएको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरे । कालोबजारीमार्फत किसानले महंगोमा मल खरिद गर्नुपरेमा पनि सरकारले मलको समस्या र कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै उनले प्रश्न गरे, ‘सरकारले किसानलाई तत्काल सरकारले मल उपलब्ध गराउन सक्छ कि सक्दैन

मूल्यवृद्धि नियन्त्रण र किसानलाई मल उपलब्ध गराउन राप्रपा नेपालको माग

काठमाडौँ– राप्रपा नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । कमल थापाको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले दैनिक उपभोग्य वस्तुहरूको अकासिएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्नेतर्फ ठोस कदम चालेर नागरिकलाई राहत प्रदान गर्न माग गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिए ।  उनका अनुसार सोही बैठकले समयमै किसानलाई मलखाद उपलब्ध […]

किसानलाई मल बिउ उपलब्ध गराउन माग

नेपाल कृषि सहकारी केन्द्रीय संघले किसानलाई मल बिउ उपलव्ध गराउन माग गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवलाई ज्ञापनपत्र बुझाएर संघले किसानलाई तत्काल मल, बिउ उपलब्ध गराउन माग गरेको हो ।संघले सरकारले मल, बिउलगायत किसानका लागि आवश्यक अन्य वस्तु सहज उपलब्ध गराउन नसक्दा अहिले पनि किसानहरु मारमा परिरहेको भन्दै तत्काल मल, […]

किसानलाई मल उपलब्ध गराउन सांसद सुवाल सहितको टोलीको माग

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति सहितको टोलीले शुक्रवार वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई भेटेर कृषकलाई पर्याप्त मल र मुहान पोखरीलाई जलाधार क्षेत्र घोषणा गर्न माग गरेका छन् । सांसद सुवालले चागुनारायण नगरपालिकाको नगरकोटस्थित खानेपानी स्रोत रहेको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी खाने पानीको स्रोत बढाउन, भक्तपुर नपा सल्लाघारीस्थित चोङा गणेश मन्दिर परिसरलाई सांंस्कृतिक क्षेत्र घोषणा गर्न र भक्तपुरका नवदुर्गा पीठको संरक्षण गर्न आवश्यक बजेटको व्यवस्था गर्...