काठमाडौं। सत्तारुढ नेकपाको फुट कानुनी प्रक्रियामा अघी बढेपछि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सिजिनपिङको सन्देश लिएर एक चिनियाँ उच्चस्तरिय प्रतिनिधीमण्डल अहिले ४ दिने भ्रमणका क्रममा नेपालमा रहेको छ । काठमाडौं एयरपोर्टमा अवतरण हुँदै गर्दा पीपीइ धारण गरेर आएको चिनियाँ टोली यतिबेला उच्च तहसँग औपचारिक संवादमा छ भने कतिपय गोप्य भेटघाटमा पनि व्यस्त छ ।