अस्ट्रेलियाली कामदारको उत्पादकत्व ३.७ प्रतिशतले घट्यो

सन् २०२२–२३ मा अस्ट्रेलियाली कामदारहरूको उत्पादकत्वमा तीव्र गिरावट आएको सरकारी प्रतिवेदनले देखाएको छ। संघीय सरकारको प्रमुख समीक्षा तथा सल्लाहकार निकाय उत्पादकत्व आयोगले आफ्नो वार्षिक उत्पादकत्व बुलेटिन प्रकाशित गर्दै सन् २०२३ जुनको अन्त्य सम्मको १२ महिनामा श्रम उत्पादकत्व ३.७ प्रतिशतले घटेको खुलासा गरेको हो।तुलनात्मक रूपमा अष्ट्रेलियाको उत्पादकताको लागि दीर्घकालीन औसत वार्षिक वृद्धि दर १.३ प्रतिशत थियो। सोही अवधिमा अस्ट्रेलियालीहरूले काम गर्ने घण्टाको संख्यामा रेकर्ड–उच्च ६.९ प्रतिशत

सम्बन्धित सामग्री

झापामा धानको उत्पादकत्व बढ्यो, क्षेत्रफल घट्यो

झापामा यस वर्ष चार लाख ३३ हजार ८०९ दशमलव २५ मेट्रिकटन धान उत्पादन भएको छ । यस वर्ष गत वर्षको भन्दा धानको उत्पादकत्व बढेको हो । यस वर्ष ८५ हजार सात सय ५० हेक्टर...

म्याग्दीमा धान र कोदो उत्पादन घट्यो

म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो । धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । फूल खेल्ने समयमा वर्षात् र रोप्ने समयमा खडेरीका कारण धान र कोदो उत्पादनमा असर पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए । रोपाइँ ढिलाइ हुनु र खेतबारी आसपासका क्षेत्रमा बढेको जङ्गलको ओसले पनि धान र कोदोको उत्पादन घट्नु

म्याग्दीमा धान र कोदो उत्पादन घट्यो

म्याग्दी– म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो ।  धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । फूल खेल्ने समयमा वर्षात् र रोप्ने समयमा खडेरीका कारण […]

म्याग्दीमा घट्यो धान र कोदोकाे उत्पादन

म्याग्दी – म्याग्दीमा यसवर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ। गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो। धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। फूल खेल्ने समयमा वर्षात् र रोप्ने समयमा खडेरीका कारण धान र कोदो […]

प्लटिङले अन्न उत्पादन घट्यो : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्न उत्पादन घटेको बताएका छन्। बुधबार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।उनले नेपाल धान बालीका लागि उपयुक्त स्थान रहेको भन्दै यसलाई दोब्बर गुणाले वृद्धि गर्नुपर्ने बताए। उनले नेपाल कृषिप्रधान देश भए पनि खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई विस्थापित गरी नेपालमा उत्पादकत्व र उत्पा

खाद्यान्न उत्पादन र उत्पादकत्व दुवै घट्यो

१५ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालमा खाद्यान्न उत्पादन र उत्पादकत्व दुवै घटेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको मुलुकको आर्थिक सर्वेक्षण अनुसार २०७८/०७९ अनुसार ३.१ प्रतिशतले खाद्यान्न बालीको उत्पादन घट्ने अनुमान गरिएको छ । त्यस्तै ती वस्तुको उत्पादकत्व पनि ३.७ प्रतिशतले संकुचन आउने सरकारी प्रक्षपेण छ । धानबाली उत्पादनमा आएको ८.७ […]

चितवनमा घट्यो सुन्तला उत्पादन

चितवन । चितवनमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार १२५ हेक्टर क्षेत्रफलमा ८३७ दशमलव ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्ष ०७७/७८ मा सोही क्षेत्रफलमा ९५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष प्रतिहेक्टर ७.६ मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर ६.७ मा झरेको हो ।      आर्थिक वर्ष ०७६/७७ मा जिल्लामा सोही क्षेत्रफलमा सुन्तला खेती गरिएकामा १ हजार १०१ मेट्रिक टन उत्पादन भएको थियो । त्यस वर्ष प्रतिहेक्टर ८.८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आव ०७५/७६ मा १ हजार १५० मेट्रिक टन उत्पादन भएको थियो । सो वर्ष सुन्तलाको उत्पादकत्व ९.२ प्रतिहेक्टर  थियो । सोही क्षेत्रफलमा सुन्तला खेती हुँदा विगतका वर्षमा क्रमशः उत्पादन घट्दै गएको हो ।      सुन्तला बगैंचाको व्यवस्थापन राम्रो नहुँदा र बोट बूढो भई उत्पादकत्व घट्दै गएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताए । सुन्तलाका बोट बूढो हुँदै जाँदा उत्पादन क्षमता पनि कम हुने उनले जानकारी दिए । पुनले भने, ‘सुन्तलालाई मलजल, सिँचाइ, काटँछाटजस्ता स्याहारसुसार उचित नहुँदा उत्पादनमा कमी आएको हो ।’ उत्पादन निरन्तर घट्दै जाँदा कृषक निराश हुँदै गएको उनको भनाइ छ ।      सुन्तला खेती विस्तारका लागि स्थानीय तहले कुनै चासो नदिँदा क्षेत्रफल विस्तार हुन नसकेको पुनले बताए । बगैंचाको पुनःसंरचना गर्न सके सुन्तला खेतीको विकास र विस्तार गर्न सकिने ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रले सुन्तला खेतीका लागि सुन्तला ब्लक विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । कोभिडका कारण कार्यक्रम प्रभावकारी हुन नसकेको पुनले बताए ।      जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा सुन्तला खेती हुने गरेको छ । इच्छाकामनाका वडा–३, ४ र ५ मा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । रासस

चितवनमा धान उत्पादन घट्यो, मकैको उत्पादन भने स्थिर

माघ १९, चितवन । जिल्लामा पछिल्ला वर्षहरूमा धान उत्पादन घट्दै गएको छ । धानखेती गर्ने क्षेत्रफलमा समेत कमी आएको तथ्यांकले देखाएको छ । कृषि ज्ञान केन्द्र, भरतपुरका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा २२ हजार ९२७ हेक्टर क्षेफलमा वर्षे धानखेती गरिएको थियो । यसबाट  ८९ हजार ४१५ मेट्रिक टन धान उत्पादन भएको कार्यालयका कृषि अर्थविज्ञ कमला न्यौपानेले जानकारी दिए ।  गत आवमा जिल्लामा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यस वर्ष एक लाख तीन हजार ४१६ मेट्रिक टन धान उत्पादन भएको उनले जानकारी दिए । आव २०७६/७७ मा जिल्लामा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा एक लाख १४ हजार ९०६ मेट्रिक टन धान उत्पादन भएको थियो । कार्यालयका अनुसार चैतेधान उत्पादनमा स्थिरता रहेको छ । आव २०७६/७७ मा चार हजार ९१५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा २० हजार ७५० मेट्रिक टन उत्पादन भएको थियो । आव २०७७/७८ मा सोही क्षेत्रफलमा त्यतिनै उत्पादन भएको कार्यालयको तथ्यांकले देखाएको छ ।  तथ्यांकानुसार वर्षे धानमा क्षेत्रफल र उत्पादन घटेपनि उत्पादकत्वमा अघिल्लो वर्षको तुलनामा केही सुधार भएको छ । आव २०७६/७७ मा प्रतिहेक्टर उत्पादकत्व चार दशमलब २१ मेट्रिक टन रहेकामा अघिल्लो आवमा तीन दशमलव ७९ मा झरेको थियो । चालू आवमा उत्पादकत्वमा केही वृद्धि भएको छ । यस वर्ष उत्पादकत्व तीन दशमलव नौ पुगेको न्यौपानेले बताए । स्थानीय पालिकाहरुले दिएको तथ्यांकका आधारमा यस वर्ष वर्षे धानको क्षेत्रफल र उत्पादन घटेको उनको भनाइ छ । गत वर्ष धानमा रोग लागेका कारण उत्पादन घटेको हो ।  यस वर्ष धान पाक्ने समयमा वर्षा बढी हुँदा धानमा क्षति भएको न्यौपानेले बताए । प्रमुख अन्न बालीका रूपमा रहेको मकैको उत्पादन विगत दुई वर्षमा स्थिर छ । पछिल्ला दुई आवमा मकैको उत्पादन स्थिर रहेको कार्यालयको तथ्यांकले देखाएको छ ।  कार्यालयको तथ्यांकअनुसार आव २०७६/७७ मा जिल्लाको २६ हजार १९ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएको थियो । सो क्षेत्रफलमा ९८ हजार ६४४ मेट्रिक टन मकै उत्पादन भएको न्यौपानेले जानकारी दिए ।  गत आवमा २६ हजार १९ हेक्टर क्षेत्रफलमा ९८ हजार ६४४ मेट्रिक टन मकै उत्पादन भएको थियो । उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ । रासस

मकवानपुरमा आलुको उत्पादन घट्यो

मकवानपुरको तरकारी पकेट क्षेत्रका रूपमा रहेको थाहा नगरपालिका क्षेत्रमा आलु खेती गरिएको क्षेत्रफल वृद्धि भए पनि आलुको उत्पादन र उत्पादकत्व घटेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आलु लगाइएको क्षेत्रफल विस्तार भए पनि गत वर्षको अनुपातमा यो वर्ष असिना पानीका कारण उत्पादनसँगै उत्पादकत्वमा ह्रास आएको हो । गत वर्ष छ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यो वर्ष बढेर सात सय हेक्टरमा लगाइएको छ । थाहा नगरपालिकाका कृषि शाखाका प्रमुख सञ्जय तिवारीले अघिल्ला वर्षहरूको तुलनामा आलु खेती गर्ने क्षेत्रफल विस्तार भए पनि उत्पादन र उत्प...

उत्पादन बढ्यो, उत्पादकत्व घट्यो

बागमती प्रदेशमा यस वर्ष वर्षे धानको उत्पादन समग्रमा बढेको छ । गत वर्षको अनुपातमा वर्षे धानको उत्पादन बढे पनि उत्पादकत्व भने घटेको छ । यस प्रदेशको मुख्य बाली धान खेतीको गत वर्षको तुलनामा यस वर्ष उत्पादन क्षेत्र वृद्धि भए पनि क्षेत्र विस्तारको अनुपातमा उत्पादकत्वमा ह्रास आएको हो । गत वर्ष प्रदेशभरमा धानको उत्पादकत्व ३.८२ प्रतिशत रहेकामा यो वर्ष घटेर ३.६४ प्रतिशतमा झरेको छ । बागमती प्रदेशको कृषि विकास निर्देशनालयको योजना, अनुगमन तथा कार्यक्रम शाखाका कृषि अर्थविज्ञ रामहरि तिमिल्सिनाका अनुसार गत वर्ष प्रदेशका जिल्लाहरूमा एक लाख ११ हजार ७४३ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएकामा यो वर्ष विस्तार भएर धान लगाइएको क्षेत्रफल एक लाख २५ हजार १०७ हेक्टर पुगेको छ । गत वर्ष चार लाख २७ हजार १८२ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष वृद्धि भएर चार लाख ५५ हजार ८२० मेट्रिक टन धान उत्पादन भएको छ । विज्ञ तिमिल्सिनाले क्षेत्र विस्तारअनुसार धान उत्पादनमा वृद्धि भएको बताउँदै उत्पादकत्वमा ह्रास आएको बताउनुभयो । उहाँले भन्नुभयो, “धानमा रासायनिक मल हाल्ने समयमा उपलब्ध नभएको र धानमा विभिन्न रोग र कीराको प्रकोपका कारण उत्पादकत्वमा ह्रास आएको हो । ”