मकवानपुरको तरकारी पकेट क्षेत्रका रूपमा रहेको थाहा नगरपालिका क्षेत्रमा आलु खेती गरिएको क्षेत्रफल वृद्धि भए पनि आलुको उत्पादन र उत्पादकत्व घटेको छ ।
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आलु लगाइएको क्षेत्रफल विस्तार भए पनि गत वर्षको अनुपातमा यो वर्ष असिना पानीका कारण उत्पादनसँगै उत्पादकत्वमा ह्रास आएको हो ।
गत वर्ष छ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यो वर्ष बढेर सात सय हेक्टरमा लगाइएको छ । थाहा नगरपालिकाका कृषि शाखाका प्रमुख सञ्जय तिवारीले अघिल्ला वर्षहरूको तुलनामा आलु खेती गर्ने क्षेत्रफल विस्तार भए पनि उत्पादन र उत्प...