म्याग्दीमा यस वर्ष धान र कोदो खाद्यबालीको उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान ११.५० प्रतिशत र कोदो ६.८७ प्रतिशतले उत्पादन घटेको हो । धानको उत्पादकत्व प्रतिहेक्टर ०.३ मेट्रिक टन र कोदो प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । फूल खेल्ने समयमा वर्षात् र रोप्ने समयमा खडेरीका कारण धान र कोदो उत्पादनमा असर पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए । रोपाइँ ढिलाइ हुनु र खेतबारी आसपासका क्षेत्रमा बढेको जङ्गलको ओसले पनि धान र कोदोको उत्पादन घट्नु